मन्त्री यादवले भन्नुभयो, ‘म मन्त्री होइन, तपाईहरुको सेवक हुँ

सर्लाही असोज २७–जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले आफू मन्त्री भएर होइन जनताको सेवक भएर यहाँ आएको बताउनुभयो । कृषि मन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला सर्लाही पुग्नु भएका मन्त्री यादवको स्वागत तथा दशैंको शुभकामना अदानप्रदानका लागि काविलासीमा आयोजना गर्नुभएको कार्यक्रममा उहाँले आफू यो देशको मन्त्री भएपनि यो क्षेत्रका जनताका लागि आफू सेवक मात्र रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, तपाईहरुको मतले नै म माथी पुगेको हुँ, तर माथी भएपनि तपाईहरुको भन्दा तल नै छु, तपाईहरुको सेवक नै हुँ, जतिसक्छु तपाईहरुको सेवा गर्छु ।’ नेपालको राजनीतिक परिवर्तनमा काविलासी नगरपालिको प्रमुख भूमिका रहेकाले यसको समृद्धि र विकासका लागि आफूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

यो क्षेत्रका जनताको सुख समृद्धिका लागि कामना गरेको उल्लेख गर्नुहुँदै उहाँले समाजमा भाइचारा सम्बन्ध बनोस् भनि कामना रहेको उहाँले बताउनुभयो । जहाँ अन्याय हुन्छ, जहाँ अत्याचार हुन्छ, त्यसको अन्त्यका लागि दुर्गाको पुजा हुने गरेको उहाँले सत्यका लागि दुर्गा पुजा हुने गरेको उहाँले धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया