प्रदेश २ मा मधेश प्रदेशका लागि आठ मत अपुग

धनुषा पुस ७ गते र प्रदेश २ को नाम मधेस प्रदेश राख्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले प्रस्ताव गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मिलेर जसपाले सो प्रस्ताव गरेको हो ।

प्रदेशसभा बैठकमा जसपाका प्रदेशसभा सदस्य एवं अर्थ मन्त्री शैलेन्द्र साह, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं आन्तरिक मामिला मन्त्री भरत साहले मधेश प्रदेश नाम प्रस्ताव गर्नुभएको हो । लोसपा सांसद रानी तिवारीले सो प्रस्तावमा समर्थन गर्नुृभएको थियो । प्रदेश २ प्रदेशसभामा १०४ जना सांसद छन् । तीनवटा दल मिलाएर ६२ मत मात्र पुग्छ । मधेश प्रदेश प्रस्ताव पारित हुनका लागि ७० मत चाहिन्छ । जसपालाई आठ मतको आवश्यकता छ ।

काँग्रेस, एमाले तथा नेकपा एकीकृत समाजवादीमध्ये एउटा दलले समर्थन गर्नै पर्ने हुन्छ । नेपाली कांग्रेसले मिथिला भोजपुरा हुनुपर्ने भनि रहेको छ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले जानकी प्रदेश हुनुपर्ने भनेका छन् ।

तपाईको प्रतिक्रिया