गोपाल ठाकुरको ‘जनता के गीत गावत रहेम’ लोकार्पण

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य डा. गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ (‘म जनताको गीत गाइरहनेछु’) गीत संग्रहको लोकार्पण गरिएको छ । एक कार्यक्रमबीच सो गीतिसंग्रहको लोकार्पण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको हो ।

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले गीत संग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रीत गरेर लेखिएको आफूले अनुभूती गरिएको बताउनुभयो ।
पार्टी र संगठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना सिर्जनाको माध्यामबाट जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

 

भोजपुरी भाषामा लेखिएको सो पुस्तकमा २०३९ सालदेखि अहिलेसम्म लेखिएका ६१ वटा गीतहरु समावेश गरिएको छ। अधिकांश गीतहरु लोक लयमा आधारित रहेको र केही गीतहरु आफूले संगीत राखेर रेकर्ड गर्ने तयारी भइरहेको ठाकुरले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया