‘प्रेमक पिचकारी’

मैथिली–नेपाली सङ्गीतमा होलीको नयाँ म्यूजिक भिडियो ‘प्रेमक पिचकारी’ सार्वजनिक भएको छ । गीतमा नेपाली तथा मैथिली भाषा सङ्गीत क्षेत्रमा ख्याति कमाएका गायक नितिन गजुरेल र चर्चित गायिका ज्योती विश्वकर्माको स्वर समेटिएको छ ।

मैथिली भाषा–सङ्गीतका युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द रहेको यस म्युजिक भिडियोमा नेपालका ख्याती प्राप्त अभिनेत्री तथा मोडेल अञ्जली अधिकारी र लोकप्रिय मोडल सुधीर श्रेष्ठले अभिनय गर्नु भएको छ । नितिन गजुरेलले गीतको कम्पोज र भूपेन्द्र रायमाझीले यस गीतको सङ्गीत संयोजन गर्नुभएको छ ।

नेपाली फिल्म उद्योगका प्रसिद्ध कोरियोग्राफर एवं निर्देशक कमल राईको निर्देशन रहेको यस गीतको शिव ढकालले छायाङ्कन गर्नुभएको छ । यस्तै ईडिट, कलरिङ्ग र पोस्टर डिजाइन चर्चित डिजाइनर विष्णु खड्काले गर्नुभएको छ । भिडियोमा विद्यानन्द वेदर्दीको प्रस्तुति र पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरको रहेको छ ।

यस प्रेम–गीति भिडियोमा होलीको मुल मर्म अनुसार आपसी एकताको संदेश दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा मिथिलाको पारम्परिक जोगिराको छनक समेत समेटिएको छ । गजुरेलको मैथिली भाषाको यो तेश्रो मैथिली म्यूजिक भिडियो हो । ओ यश आर युट्यूब चैनलबाट फागुन ८ गते यो गीत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया