मनिष मिश्र रामनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार, वडाको पनि लाग्यो टुगों

सर्लाही बैशाख ८ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा मनिष कुमार मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको लोसपा नेपाल रामनगर गाउँपालिकाको बैठकले सो निर्णय गरेको हो । मनिष मिश्र लोसपाको विद्यार्थी राजनीति छाडेर मूलधारको राजनीतिमा आएपछि स्थानीय तहको चुनावमा भाग लिनुभएको हो ।

उहाँ तमलोपा, राजपा, जसपा हुँदै लोसपासम्म विद्यार्थीको सक्रिय राजनीतिमा रहनु भयो । स्थानीय तहको चुनावको मिति घोषणा हुनु अघि विद्यार्थीं राजनीतिबाट विश्राम लिनु भएको थियो ।

रामनगर गाउँपालिकाका अध्यक्षको उम्मेदवार टुगों लगाउनुको साथै वडाहरुको पनि टुगों लगाईएको छ । वडा नम्बर १ का लागि रमापत राय यादव, वडा नंम्बर २ का लागि रविन्द्र तिवारी, वडा नम्बर ३ का लागि निलम देवी, वडा नम्बर ४ का लागि ओम प्रकाश साह, वडा नम्बर ६ का लागि महेन्द्र राउत र वडा नम्बर ७ का लागि सुर्यकान्त केसरीलाई सर्वसम्मतिले अध्यक्षको उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया