औरही गाउँपालिकमा जसपालाई राप्रपा र जनता पार्टीको समर्थन

सिरहा वैशाख १६ गते । सिरहा औरही गाउँपालिकाका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अध्यक्षका उम्मेदवार सुकदेव यादव र नेपाल जनता पार्टीबाट अध्यक्षका उम्मेदवार रामविलास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिइ आज जसपालाई समर्थन जनाउनु भएको छ ।

उहाँहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिइ जनता समाजवादी पार्टी नेपालबाट औरही गाउँपालिका अध्यक्ष बनेका शिवजी यादवलाई समर्थन जनाउनु भएको हो । दुवैजना जसपाको गाउँपालिका कार्यालयमा गएर शिवजी यादवलाई समर्थन जनाउनु भएको हो । जसपाका गाउँपालिका समितिका अध्यक्ष समेत रहेका शिवजी यादवका अनुसार राप्रपा र नेपाल जनता पार्टीसँग आज छलफल भए पश्चात उम्मेदवारी फिर्ता लिएर औरही गाउँपालिकामा जसपालाई समर्थन गर्नुभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया