‘मुस्कान’ विवादमा

मुस्कान खातुनको जीवनमा आधारित फिल्म ‘मुस्कान’ फिल्म नबन्दै विवादमा आएको छ । अभिनेता रमित ढुंगानाले बनाउन लाग्नु भएको फिल्म ‘मुस्कान’ मा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव फिल्म अभिनय गर्ने भनिए पनि उहाँले सो कुराको खण्डन गर्नुभएको छ । कालाकार रमित यादवले मन्त्री यादवले मुस्कान फिल्ममा अभिनय गर्ने भएका छ उहाँले सुटिङका लागि समय पनि दिएको भनि समाचार बाहिर आएपछि मन्त्री यादवले त्यसको खण्डन गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘मुस्कान’ फिल्मको विषयलाइ लिएर अहिले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्म बनाउन, अभिनय गर्न विषयमा केही समय अगाडि कलाकार श्री रमित ढुङ्गानाज्यूको प्रस्ताव आएको थियो ।

विभिन्न चरणमा छलफल पनि भयो तर अहिले थपिएको जिम्मेवारका कारण मन्त्रालयको कामले नै समय आभाव भएको यहाँहरुलाई सर्वविदितै छ । देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वन जङ्गल र वन्यजन्तुको संरक्षण एवम् संवद्र्धनका लागि गर्नुपर्ने धेरै कामको कार्य व्यवस्तताका कारण फिल्मको छायाङ्कनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु ।’ यद्यपी मन्त्री यादवले एसिड पिडित मुस्कान खातुनको जीवनमा आधारित फिल्मसँगै उहाँको उज्ज्वल भविष्यसँग जोडिएका अन्य हरेक सामाजिक कार्यप्रति आफ्नो समर्थन रहने बताउनु भएको छ ।

रमितले सो फिल्ममा मन्त्री यादवका साथै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेता माधवकुमार नेपाल लगायतको समेत अभिनय रहने बताउनुभयो । ‘मुस्कान’ एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित रहेर बन्न लागेको फिल्म हो । उहाँले साउन अन्तिमदेखि छायांकन सुरु हुने फिल्ममा मुस्कानको जीवनमा सहयोग गर्ने नेताहरुको भूमिका उहाँहरुद्वारा नै निर्वाह गराउन लागिएको निर्देशक रमितले बताउनुभयो । फिल्ममा वन मन्त्री यादवको मुख्य भूमिका रहने बताउनु भएको छ । रमितले सञ्चारमाध्यममा आफूलाई वन यादवले सुटिङ्का लागि पनि समय दिइ सक्नु भएको बताउनु भएको छ ।

खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्याउने पात्रलाई नै फिल्ममासमेट्न लागेको रमितको भनाइ छ । फिल्मको मुख्य भुमिकामा मुस्कान स्वयम् रहनु हुनेछ । तर वन मन्त्री यादवले आफ्नो व्यस्तताका कारण फिल्ममा अभिनय गर्न नसकिने प्रष्ट पारिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया