बिहे बारामा गरेका छन्, र चुनाव पर्साबाट लड्छन् । चुनाव जितेपछि यहाँको जनताको बीचमा बस्दैनन् । यस्तोलाई जिताएर के गर्ने भनि विपक्षीहरुले कुरा उठाएका थिए । कतिपयले त श्रीमानसँग डिभोर्स गरेर यहाँ चुनाव लड्न आएका छन् भन्नसम्म भ्याए ।
जीवन नदी जस्तै धाराप्रवाह बगेपनि कहिले काहीँ उसले अनपेक्षित धार परिवर्तन गरेपछि नयाँ रुप लिन्छ । सलमा खातुनको जीवन पनि विभिन्न अनपेक्षित घुम्तीहरु पार गर्दै नयाँ रुपमा आएको छ । एसएलसी पास गरेपछि सलमा खातुनले उच्च शिक्षाका लागि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शिक्षा संकाय अध्ययन गर्न भर्ना हुनुभएको थियो । शिक्षा संकाय पढनुको अर्थ पक्कै पनि उहाँलाई शिक्षिक बन्ने चाहना थियो ।
तर अध्ययनकै क्रममा उहाँको जीवनले अर्कै मोड लियो । उहाँ पत्रकार बन्नुभयो । बीएडमा अध्ययन गरिरहेकै बेला उहाँ पत्रकारिता सुरु गर्नुभएको थियो । त्यतिबेला सलमासँग पत्रकारिताको आधारभूत ज्ञान पनि थिएन तर वीरगञ्जकै इन्द्रेणी एफएममा काम गर्न थाल्नुभयो । बढाईसँगै पत्रकारिता पनि जारी रह्यो उहाँको । सोही क्रममा उहाँ पत्रकारिताकै लागि काठमाडौँ आउनुभयो । केही दिनपछि उहाँ इन्टरनसीपमा पत्रकारिता अध्यनका लागि बंगलादेश जानुभयो ।

बंगलादेशबाट फर्केपछि विहे गर्नुभयो । विहेपछि उहाँ करिब एक डेढ वर्ष पूर्ण रुपमा गृहणी भएर घरमा बस्नुभयो । त्यसपछि उहाँ पुनः पत्रकारितामै लाग्नुभयो । केही समय पत्रकारिता गरेपछि उहाँ राजनीतिमा लाग्नुभयो । आगामी समयले उहाँलाई कहाँ डोर्याउँछ, उहाँलाई मात्र होइन, कसैलाई थाह छैन । यी सबै कुरा उहाँको जीवनमा अनेपक्षित आए । र सबैलाई उहाँले ‘म्यानेज’ गर्दै अहिले ‘फुलटाइम’ राजनीतिमा लाग्नुभएका छ ।
भाषणले बनायो पत्रकार
सलमा खातुनलाई कहिले लागेको थिएन कि आफू पत्रकार बन्छु । उहाँ ठाकुर बहुमुखी क्याम्पस वीरगञ्जमा बीएड दोस्रो वर्षमा अध्ययनरत रहँदा मधेश आन्दोलन सुरु भएको थियो । विद्यार्थी फ्रन्टको माध्यमले उहाँ आन्दोलनमा सक्रिय हुनुभयो । आन्दोलनका साथै उहाँ समाजिक कार्यक्रमहरुमा पनि सहभागि हुन थाल्नु भएको थियो । त्यतिबेला उहाँ युवा फोरमको सदस्य भइसक्नु भएको थियो । वीरगञ्जको एउटा कार्यक्रममा उहाँले मधेशी महिलाको बारेमा कुरा राख्नु भएको थियो । त्यही कुराले उहाँलाई पत्रकारितातिर डोर्यायो ।
मधेशी महिलामाथि कसरी शोषण भइरहेको छ, कसरी दमन भइरहेको छ, तर्कपूर्ण तरिकाले उहाँले आफ्नो धारणा राख्नु भएको थियो । त्यसबाट प्रभावित भएर वीरगञ्जको इन्द्रेणी एफएममा काम गर्ने मनोज पौडेल, ध्रुव अधिकारी, कृष्ण गिरीलगायतले उहाँलाई एफएममा काम गर्नका लागि प्रस्ताव गर्नुभएको थियो । सलमाका लागि त्यो एकदमै नौलो कुरा थियो । एफएम रेडियोहरुबाट समाचार तथा गीतहरु सुन्नु हुन्थ्यो तर आफू एकदिन त्यसरी बोल्न पाउँछु भनि कहिल्यै सोच्नु भएको थिएन सायद ।
उहाँहरुले गरेको प्रस्ताव स्विकार गर्दै २०६५ सालमा इन्द्रेणी एफएममा काम गर्न थाल्नुभयो । त्यहाँ भोजपुरी भाषाको ‘साथ हमार तोहार’ कार्यक्रम चलाउनुको साथै नेपाल तथा भोजपुरी भाषामा समाचार पनि बाचन गर्न थाल्नुभयो । कहिल्यै रेडियोमा नबोलेका सलमा खातुनलाई त्यहाँ काम गर्न केही गाह्रो भएन । केही प्राविधिक कुराहरु थाह पाएर काम गर्न सुरु गर्नुभएको थियो ।
उहाँले त्यो एफएममा एउटा श्रमजिवी पत्रकारको रुपमा मात्र नभएर समाजको लागि पनि काम गर्नुहुन्थ्यो । उहाँ समाजका लागि उठाउने कुरा एफएममार्फत उठाउन थाल्नुभयो । समाजमा देखिएको विकृति, विसंगतिका कुरा समाचारमार्फत भन्न थाल्नुभयो । त्यसमा उहाँलाई निकै आनन्द आउँथ्यो । उहाँ एफएममा काम गर्न थालेपछि पढाईमा केही डिस्टर्व भएपनि त्यसलाई निरन्तरता नै दिनुभयो ।
मधेशी महिलामाथि कसरी शोषण भइरहेको छ, कसरी दमन भइरहेको छ, तर्कपूर्ण तरिकाले उहाँले आफ्नो धारणा राख्नु भएको थियो । त्यसबाट प्रभावित भएर वीरगञ्जको इन्द्रेणी एफएममा काम गर्ने मनोज पौडेल, ध्रुव अधिकारी, कृष्ण गिरीलगायतले उहाँलाई एफएममा काम गर्नका लागि प्रस्ताव गर्नुभएको थियो ।
काठमाडौँको यात्रा
उहाँ बीएडको अन्तिम वर्षमा हुँदा नेपाल वान टीभीमा विज्ञापन निस्केको थियो । नेपाल वान भारतको दिल्लीबाट प्रशारण भएपनि त्यसको केन्द्रीय कार्यालय काठमाडौँमा थियो । त्यसमा विज्ञापन निस्केपछि त्यहाँका स्थानीय पत्रकार पवन तिवारीले सलमालाई फर्म भर्न सुझाव दिनुभएको थियो । भोजपुरी समाचार वाचिका चाहिएको थियो । त्यसका लागि उहाँले फर्म भर्नुभएको थियो । सलमालाई (२०६५) अन्तरवार्ताका लागि नेपाल वान टीभीले काठमाडौँ बोलायो ।
उहाँले घरमा आमा–बुवा र दाइसँग सल्लाह गरेर काठमाडौँ आउनुभयो । इन्टरभ्यु दिएकै दिन नेपाल वान टीभीले सलमालाई काममा लगाइएको थियो । काम गर्न थालेपछि उहाँ तत्कालै वीरगञ्ज फर्किन सक्नु भएन । काठमाडौँमै बस्न थाल्नुभयो । उहाँ भोजपुरी समाचार वाचिकाका लागि त्यहाँ छनौट हुनु भएका थियो । तर त्यो कार्यक्रम नै सञ्चालन भएन । भोजपुरी भाषा समाचारको लाइभ हुन सकेन र न त्यो रेकर्ड गरेर प्रशारण गर्ने अवस्था बन्यो । अर्थात सलमाले भोजपुरी समाचार वाचन गर्न पाउनु भएन ।
त्यसपछि उहाँलाई न्युजमा राखियो । रिर्पोटिङ गर्नुको साथै त्यहाँबाट प्रशारण भइरहेको विभिन्न भाषाको एउटा कार्यक्रम ‘तराई वान’ मा पनि उहाँले भोजपुरी भाषामा कार्यक्रम चलाउन थाल्नुभयो । उहाँले नेपाल वानका लागि राजनीतिक, समाजिक, आर्थिक, साँस्कृतिक लगायत विभिन्न विषयको रिर्पोटिङ गर्न थाल्नुभयो । उहाँले न्युज पढ्न नपाएपनि न्युज रिर्पोटिङ नियमित गर्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘मलाई कार्यक्रम चलाउनु भन्दा न्युज रिर्पोटिङमा निकै आनन्द आउँछ लाग्छ जिन्दगीभर रिर्पोटिङ नै गरिरहौं तर अहिले जीवनले अर्कै मोड लिएको छ ।’
बंगलादेशको यात्रा
वीरगञ्जबाट बीएड सकाएर आउनु भएका सलमालाई काठमाडौँमै मास्टर्स गरौं जस्तो लाग्यो । तर उहाँ जागिरे भएको कारणले कलेज नै गएर अध्ययन गर्ने अवस्था थिएन । त्यही भएर उहाँले प्राइभेटबाट स्वयं अध्ययन गरि मास्टर्सको परीक्षा दिने सोच बनाउनुभयो । र, उहाँले त्यस्तो गर्न थाल्नुभयो । फुर्सतको क्षणमा ‘सेल्फ स्टडी’ गर्नु थाल्नुभयो । पोखरियाको बाल उद्यान्नमा कक्षा ७ कक्षासम्म पढ्नु भएका सलमा २०५९ सालमा श्रीरामदेव कलवार उच्च माविबाट एसएलसी पास गर्नुभएको थियो ।

यहाँसम्म त ठिक छ । तर उहाँ उच्च शिक्षाका लागि वीरगञ्ज आउन तयार हुनुभयो । अनि गाउँमा विभिन्न खालका कुरा काट्ने काम सुरु भयो । फलानोको छोरी बिग्रिने भइन् भन्न थालेका थिए । तर उहाँले कुनै कुराको प्रवाह नगरीकन उहाँ वीरगञ्जको ठाकुरराम कम्याम्पसमा नाम लेखाउनुभयो । होस्टल बसेर पढ्न थाल्नुभयो । हुन त उहाँलाई हरि खेतान मल्टीपल क्याम्पसमा पढ्ने इच्छा थियो तर त्यहाँ होस्टल नभएको कारणले ठाकुरराममा पढ्न थाल्नुभयो । गाउँका एउटा छोरी शहरमा होस्टलमा रहेर पढ्नु त्यतिबेलाका लागि चानचुने कुरा थिएन तर उहाँले त्यतिबेला हिम्मत गर्नुभएको थियो । र उहाँका आमाबुवाले पनि साथ दिनुभएको थियो ।
जागिरको शिलशिलामा काठमाडौँ गएको बेला उहाँले मास्टर्सका लागि प्राइभेट अध्ययन गर्न थाल्नुभयो । त्यतिबेला नै २०६७ सालतिर सीजेएमसीमा मासकम्युनिकेशनमा रिजनल मास्टर्स प्रोग्रामका लागि फर्म भर्नुभयो । त्यो छात्रवृति कोटा थियो । त्यसपछि उहाँले प्राइभेटको पढाई छाड्नु भएको थियो ।
गाउँमा विभिन्न खालका कुरा काट्ने काम सुरु भयो । फलानोको छोरी बिग्रिने भइन् भन्न थालेका थिए । तर उहाँले कुनै कुराको प्रवाह नगरीकन उहाँ वीरगञ्जको ठाकुरराम कम्याम्पसमा नाम लेखाउनुभयो । होस्टल बसेर पढ्न थाल्नुभयो ।
त्यसमा नेपाल, बंगलादेश र पाकिस्तानबाट विद्यार्थी माग गरिएको छ । नेपालबाट सातजना छनौट भयो त्यसमा सलमा खातुन पनि पर्नुभयो । उहाँ नेपाल वानको जागिर छाडेर अध्ययनका लागि बंगलादेश जानुभयो । सलमा खातुन भन्नुहुन्छ, ‘त्यो समय मेरो लागि निकै महत्वपूर्ण समय थियो, सायद म पढ्नका लागि बंगलादेश नगएको भए जीवनले अर्को कुनै मोड लिन्थ्यो कि मेरो लागि त्यहाँ जानु अनिवार्य जस्तै भएको थियो ।’ बंगलादेश गएर त्यहाँ दुई वर्षसम्म अध्ययन गर्नुभयो ।
२०६९ सालमा उहाँ नेपाल फर्किनुभयो । नेपालको सातजनाको टीम थियो । दुई वर्षसम्म बंगलादेशमा सँगै पढेको कारणले उहाँहरुको बीचमा राम्रो दोस्ती भइसकेको थियो । नेपाल फर्केपछि आफै केही गरौं भनि सोच उहाँहरुमा आएको थियो ।
विवाहका प्रस्ताव
बंगलादेशबाट फर्केका साथीहरु मिलेर कृषि र प्रविधि मासिक भनि म्याग्जिन निकाल्नु थाल्नुभयो । सलमा खातुन त्यसको सम्पादक बन्नुभयो । तर उहाँको त्यसमा लगानी थिएन । लगानी अरु कसैको थियो । लगानीको सट्टा उहाँले विना पारश्रमिक त्यहाँ परिश्रम गर्नुहुन्थ्यो । त्यही बेला उहाँलाई घरबाट विवाहका लागि दवाव आउन थाल्यो । कारण थियो, सलमाले नै आफू बंगलादेशबाट फर्केपछि विवाह गर्ने प्रतिवद्धता घरपरिवारमा जनाउनु भएको थियो ।
बंगलादेश जानुअघि सलमालाई विवाहका लागि घरबाट दवाव थियो । उहाँका आमा–बुवाले केटा पनि देखि सक्नु भएको थियो । लगभग विवाह हुने पक्का नै थियो । तर सलमालाई विहे गर्ने इच्छा थिएन । उहाँलाई केही गरौं, आत्मनिर्भर बनौं त्यसपछि विहे गरौं भनि सोच थियो । त्यही बेला बंगलादेश जाने अवसर पनि आएको थियो ।
आमा–बुवाले अब बिहे गर्न ढिला भइसक्याे, आफ्न्तले पनि कुरा काट्न थालिसके, तिमीले अब बिहे गर्नुपर्छ, त्यसपछि पढाइलाई निरन्तरता दिए कुनै आपत्ति छैन, तर सलमाको इच्छा त्यो थिएन । सलमा भन्नुहुन्छ, ‘बिहे कै विषयलाई लिएर पहिलाे पटक आमाबुवा म देखि रिसाउनु पनि भयाे र म त्याे कुराले दुखी भए पनि पढ्न जान्छु भनी अडान लिएँ, याे कुरा कति आफन्त समेतलाई मन परेन तर अन्तत: अरुकाे कुरा सुन्नु भन्दा पनि पढाइ प्रतिकाे मेराे माेह देखेर आमा बुवाकाे मन पग्लियाे र केही दिन पछि गाउँबाट बुवा आफै मलाई बंग्लादेशकाे लागि काठमाडाै एयरपाेर्ट सम्म पुर्याउन जानुभयाे ।’
मधेशका समाज छोरी–बेटीप्रति निकै संवेदनशिल हुन्छ । पढाई लेखाईका बाहिर हुन्छ केही उच्च निच्च भइहाल्छ कि आमा बुवालाई हमेशा चिन्ता हुन्छ । सलमाका आमा बुवालाई पनि त्यही थियो । हुन त सलमाका बुवा डाक्टर हुनुहुन्थ्यो । समाज बुझेका कारण उहाँलाई आफ्नो छोरीमाथि विश्वास थियो । तर समाज छरछिमेक, आफन्तले उठाएको कुराका कारण छोरीको विहे गरेर सुसुराल पठाउने सोचमा पुगि सक्नुभएको थियो । तर सलमाले कन्भिन्स गर्न सफल हुनुभयो ।
उहाँले भन्नुभएको थियो, ‘मलाई बंगलादेश पढ्नका लागि जान दिनुस्, म त्यहाँबाट फर्केपछि तपाईहरु जहाँ जस्तो भन्नुहुन्छ म विहे गर्छु ।’ बंगलादेशबाट फर्केपछि विवाहको कुरा सुरु भयो । हुन त सलमा नौ कक्षामा पढि रहँदा नै विहेका लागि प्रस्ताव आएको थियो । घरपरिवार नै विवाह गर्नका लागि तयार भएको थियो तर सलमा इन्कार गर्दै आइरहनु भयो । उहाँले आफू पढ्न चाहेको र पढेर केही बनेपछि मात्र विवाह गर्ने भनि अडान लिँदै पढाईलाई निरन्तरता दिनुभयो । तर घरमा जतिखेर पनि सलमाका विहेको चिन्ता हुन्थ्यो । सलमा घरकी एक्ली छोरी हुनुहुन्थ्यो ।
कृषि र प्रविधिमा काम गरिरहेकै बेला सलमालाई वीरगञ्जबाट केटा हेर्न आएका थिए । दुवैजनामा देखादेख भयो । सलमाले त्यो केटा (आफ्नो श्रीमान) सँग प्रस्ताव राख्नुभयो, ‘म तपाईसँग विहे गर्न तयार छु तर मेरो एउटा सर्त छ त्यो हो म विहेपछि पनि काम गर्न पाउनुपर्छ म पत्रकारिता नै गर्न चाहन्छु, र विहे पछि नै त्यसलाई निरन्तरता दिन्छु यसमा तपाई राजि हुनुहुन्छ भने म विहे गर्न तयार छु ।’
केटाले सलमाको प्रस्ताव स्विकार गर्नुभयो । २०७० सालमा सलमाको विहे बारा जिल्लामा भयो । विहे गरेर गएपछि उहाँ पूर्ण रुपमा गृहणीको रुपमा घरमा बस्नुभयो । एउटा बुहारील घरमा गर्ने हरेक काम उहाँले गर्नुहुन्थ्यो । प्रायः घरबाट निस्कनु हुन्थेन । यद्यपी कतै बाहिर जाँदा उहाँले बुर्का लगाएर जानुहुन्थ्यो । उहाँलाई लागेको थियो कि विहे गर्ने वित्तिकै काम गर्न थल्यौं भने घरपरिवारमा असर गर्छ कि पहिला घरपरिवार बुझौं, समाज बुझौं अनि काम गरौला भनि उहाँ एक वर्षसम्म घरबाट कतै जानुभएन । र, यो कुरा घर सल्लाहमै भएको थियो । सलमाको श्रीमानको इच्छा थियो कि उहाँले केही काम गरोस् तर सलमाले नै होइन, भर्खर विहे भएको छ केही ग्याप लिनुपर्छ घर व्यवहार पनि बुझ्नुपर्छ अनि मात्र काममा जान्छु भनि आफ्नो श्रीमानलाई कन्भिन्स गर्नुभएको थियो ।
सलमाले त्यो केटा (आफ्नो श्रीमान) सँग प्रस्ताव राख्नुभयो, ‘म तपाईसँग विहे गर्न तयार छु तर मेरो एउटा सर्त छ त्यो हो म विहेपछि पनि काम गर्न पाउनुपर्छ म पत्रकारिता नै गर्न चाहन्छु, र विहे पछि नै त्यसलाई निरन्तरता दिन्छु यसमा तपाई राजि हुनुहुन्छ भने म विहे गर्न तयार छु ।’
उहाँले समाजमा हुने सम्पूर्ण रितिरिवाज, मान सम्मानलाई ख्याल गर्नुभयो । बुर्का लगाउने आवश्यकता उहाँलाई महसुस भइरहेको थिएन तैपनि समाज र घरपरिवार त्यसबाट खुशी हुन्छ भने त्यो पनि लगाउछु भनेर उहाँले बुर्का लगाएर पनि हिड्नु हुन्थ्यो । गाउँसमाज, घरपरिवारलाई आफ्नो कारणले कुनै अप्ठ्यारो नहोस् भनि उहाँ सचेत हुनुहुन्थ्यो । घरमा उहाँले सबैको मन जित्नु भएका थियो । जुनकुराको विश्वास कसैले गरेको थिएन । पढे लेखेका छन्, जागिर गर्न जान्छे, घरमा कसैलाई टेर्ने छैनन्, घरको बुहारी जस्तो रहँदैनन् जस्ता आँकलन अरु मान्छेले गरेको हुनसक्छ सायद तर ती सबै कुरालाई गलत सावित गरि दिनुभएको थियो सलमाले ।
रिटर्न ब्याक
एक वर्षपछि सलमाका श्रीमानले नै ‘तिमीलाई काम गर्ने इच्छा भएकोले अब धेरै घर बस्नु हुँदैन । आफन्तले केही प्रश्न उठाए म छु नि भनि प्रेरित गर्नुभयो अब तपाईले पनि केही गर्नुपर्छ भन्नुभएको थियो अनि त्यसपछि उहाँले जागिरका लागि सुत्र प्रयोग गर्नुभयो । उहाँले उही पुराना एफएम इन्द्रेणी एफएम जहाँबाट उहाँले पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो । त्यो एफएमले सलमालाई काममा राख्यो । सलमा सधै बाराको परवानीपुर लिपनीमालस्थित आफ्नो घरबाट वीरगञ्ज जानुहुन्थ्यो । एफएममा समाचार वाचनदेखि लिएर कार्यक्रम पनि सञ्चालन गर्न थाल्नुभयो ।
समाचार संकलनका लागि रिर्पोटिङमा पनि जानुहुन्थ्यो । तर पहिलाभन्दा सलमासँग बढी कन्फिडेन्स थियो । एक त उहाँ बंगलादेशबाट पत्रकारिताको विशेष कोर्स पढेर आउनु भएको थियो । दोस्रो, उहाँले विहे गरिसक्नु भएको थियो र तेस्रो, उहाँले एक वर्षको ग्याप लिनुभएको थियो । नयाँ जोशका साथमा काममा लाग्नु भएको थियो ।

पत्रकारितालाई उहाँले नयाँ तरिकाबाट सुरुवात गर्नुभएको थियो । स्कूटरमा घरबाट निस्कदा बुर्का लगाएर निस्किनु हुन्थ्यो । वीरगञ्ज नपुग्दै बाटोमा त्यो बुर्का खोल्नु हुन्थ्यो अनि कार्यालय जानुहुन्थ्यो । वीरगञ्ज कार्यालयमा पुगेर बुर्का खाेल्नुहुन्थ्याे र डेस्क तथ। रिपाेर्टिंकाे काम बिना अवराेध गर्नुहुन्थ्याे । पछि उहाँका श्रीमान अब्दुल गनीले नै बुर्का लगाउनु पर्दैन बरु ‘हिजाब’ (अनुहार देखिने बुर्का जस्तै) लगाउनुस् । सलमाले हिजाब लगाउन थाल्नुभयो ।
सलमाले घर सम्हाल्नुको साथै जागिर पनि गर्न थालेपछि गाउँमा अन्य चेलीबेटीमा त्यो प्रभाव पर्यो । त्यसपछि कतिपय महिलाहरु घरबाट निस्किन थाले । पढ्न थाले । कतिपयले जागिर पनि सुरु गर्न थाले । सलमा भन्नुहुन्छ, ‘न चाहिदो तरिकाले गाउँको महिलामा परिवर्तन आउन थाले ।’ इन्द्रेणी एफएम पहिला जस्तो एफएम रहेन । पहिलाको ‘म्यानेजमेन्ट’ पनि परिवर्तन भइसकेको थियो ।
सलमामा कामको जुन जोश थियो त्यो अनुसार म्यानेजमेन्ट थिएन । काम गरेपनि हुने नगरेपनि हुने जस्तो थियो ।
सायद म्यानेजमेन्टमा रहेकाहरु बीच कुरा मिलिरहेको थिएन । एफएम ठिक ठाक चलिरहेको थिएन । वीरगञ्जमा एउटा बी टीभी खुलेको थियो, त्यसमा काम गर्ने अवसर सलमालाई प्राप्त भएको थियो । भोजपुरी समाचार वचिकाको रुपमा त्यहाँ जानु भयो । काम सुरु गर्नुभयो । प्राइक्टिसहरु भयो तर त्यो कहिले प्रशारण भएन । ५–६ महिनापछि उहाँले बीटीभी छाड्नुभयो ।
र, फेरि वीरगञ्जकै नारायणी एफएममा काम गर्न थाल्नुभयो । उहाँले पत्रकारिताबाट महिनाको १०–१२ हजार रुपियाँ कमाउनु हुन्थ्यो । कहिले काही घरमा पनि सहयोग गर्नुहुन्थ्यो र बाँकी वीरगञ्ज आउजाउमै सकिन्थ्यो । तैपनि घरपरिवारले उहाँको कमाएको पैसाको बारेमा कहिले सोधखोज गरेन । नारायणी एफएममा सिनियर पत्रकारहरु भएको कारण सलमालाई त्यहाँ धेरै कुरा सिक्ने मौका मिल्यो । रिर्पोटिङका साथ साथै उहाँले कार्यक्रमहरु पनि चलाउनु हुन्थ्यो ।
त्यहाँ काम गरिरहेकै बेला उहाँलाई एउटा एनजीयोमा पनि काम गर्ने अवसर प्राप्त भयो । उहाँले त्यो एनजीयोमा अधिकृतको रुपमा काम गर्न थालेपछि एफएममा थोरै समय दिन थाल्नुभयो । एनजियोमा फुलटाइम र एफएममा पार्टटाइम काम गरिरहनु भएको थियो ।
राजनीतिमा प्रवेश
सलमा विद्यार्थी कालदेखि नै राजनीतिमा हुनुुहुन्छ । उहाँको पारिवारमा कोही पनि राजनीतिमा हुनुहुन्न । तर उहाँ वीरगञ्जमा क्याम्पस पढ्न थालेदेखि राजनीतिमा चासो लिन थाल्नुभयो । तत्कालिन मधेशी जनअधिकार फोरम निकट भएर काम गर्न थाल्नुभयो । तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल निकट विद्यार्थी फ्रन्टमा आवद्ध भइ मधेश आन्दोलनमा सक्रिय हुनु भएको थियो । पहिलो मधेश आन्दोलन सुरु हुँदा उहाँ वीरगञ्जमा पत्रकारिताका साथै विद्यार्थी राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँ काठमाडौँ आएर टीभी पत्रकारिता सुरु गरेपनि उहाँ विद्यार्थी फ्रन्ट निकट रहेर काम गर्नुभयो । पत्रकारितामा लागेको कारणले बाहिर खुल्नु भएको थिएन तर भित्रभित्रै सक्रिय हुनुहुन्थ्यो । पार्टीका सम्पर्कमा रहेर अह्राएको काम उहाँले गर्नुहुन्थ्यो । विस्तारै विस्तारै उहाँ युवा फोरममा पनि सक्रिय भएर लाग्नुभयो ।
तत्कालिन मधेशी जनअधिकार फोरम निकट भएर काम गर्न थाल्नुभयो । तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल निकट विद्यार्थी फ्रन्टमा आवद्ध भइ मधेश आन्दोलनमा सक्रिय हुनु भएको थियो ।
काठमाडौँमा युवा तथा विद्यार्थीले गर्ने कार्यक्रममा सक्रिय सहभागिता हुन्थ्यो उहाँको । बंगलादेशबाट अध्ययन सकाएर गाउँ फर्किनु भयो । र, विहे गर्नुभयो । एक वर्षपछि उहाँ पुनः पत्रकारितामा नै फर्किनु भएको थियो । पत्रकारिताका साथै उहाँ एउटा एनजियोमा पनि कार्यरत हुनुहुन्थ्यो । त्यही बेला नै उहाँलाई स्थानीय तहमा चुनाव लड्ने पार्टीबाट अफर आयो । संसाद हरिनारायण रौनियार, गोवद्र्धन यादव, सलाउदीन अहमदलगायतले सलमा भेटेर नै स्थानीय चुनावमा उपमेयर पदमा चुनाव लड्न आग्रह गर्नुभएको थियो । उहाँले तत्कालै इन्कार गर्नुभएको थियो ।
पार्टीको एउटा समान्य कार्यकर्ता काम गरेपनि कहिल्यै चुनाव लड्छु भनि उहाँले सोच्नु भएको थिएन । अचानक उहाँलाई चुनावमा उठ्न अफर आएको थियो । उहाँले तत्कालै स्विकार गर्नुभएन । उहाँलाई यो चुनावको राजनीति गर्नु थिएन । घरपरिवार सम्हाल्ने र जागिर गर्ने, समाजमा देखिएको विकृति विसगंतिको बारेमा एमएमलगायत विभिन्न मञ्चहरुमा बोल्नु, कतिपय कुरालाई राजनीति रुपमा उठाउनु मात्र उहाँको उद्देश्य थियो । राजनीति गर्ने तर चुनावको राजनीति नगर्ने उहाँको सोच थियो तर पार्टीबाट उहाँलाई दवाव आएपछि उहाँ घरमा सल्लाह गर्नुभयो ।
उहाँको माइती तथा ससुराल कुनैले पनि चुनाव लड्न इजाजत दिइरहेका थिएनन् । पार्टीका मान्छेहरुले दुवै पक्षलाई सम्झाई बुझाई गरेपछि बल्ल सलमाले चुनाव लड्न तयार हुनुभएको थियो । चुनावको २२ दिन मात्र बाँकी रहँदा उहाँले उम्मेदवारी दिनुभयो । उहाँले सबभन्दा पछाडी पोखररिया नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिनुभयो । मिडियामा काम गरेको कारणले सलमालाई सबैले चिन्दथे तर सलमा मतदातासँग त्यति परिचित हुनुहुन्थेन । उहाँले त्यो बीचमा निकै मेहनत गर्नुभयो । हरेकको घरघर पुग्नुभयो । हरेक एकसँग भेटेर भोट माग्नुभयो ।

सलमालाई नामले धेरैले चिने पनि अनुहारले कमैले चिनेको कारणले उहाँलाई धेरैले भेट्न पनि चाहेका थिए । पढेलेखेका, राजनीतिक बुझेका कारणले सबैले सलमामाथि विश्वास गरेका थिए । सलमाका बुवा मोहम्मद वकिल डाक्टर हुनुहुन्छ । त्यसले गर्दा पनि सलमालाई चुनाव जित्न सजिलो भएको थियो । सलमालाई कतिपयले उहाँको बुवाको नामले पनि चिनेका थिए । तर विपक्षिले उहाँको बारेमा त्यतिबेला विभिन्न अफाह फैलाइएको थियो ।
बिहे बारामा गरेका छन्, र चुनाव पर्साबाट लड्छन् । चुनाव जितेपछि यहाँको जनताको बीचमा बस्दैनन् । यस्तोलाई जिताएर के गर्ने भनि विपक्षीहरुले कुरा उठाएका थिए । कतिपयले त श्रीमानसँग डिभोर्स गरेर यहाँ चुनाव लड्न आएका छन् भन्नसम्म भ्याए । तर सलमाले सबै कुरालाई चिर्दै जानुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीहरुले मेरो बारेमा यति कुरा उठाएका थिए कि त्यसले मेरो प्रचार नै भएको थियो । जहाँ मलाई चिनेको थिएन, त्यहाँ पनि मलाई चिने ।’
अन्ततः सलमा चुनाव जित्नुभयो । फोरमबाट सलमा मात्र जित्नुभयो । मेयरमा प्रदुम्न चौहान हार्नुभयो । मेयरमा एमालेबाट जितेका थिए । सलमाको लोकप्रियता र पत्रिकारिताबाट समाजलाई गर्नुभएको सेवाका कारण उहाँ चुनाव जित्नुभयो । १० वटा वडामध्ये फोरमबाट तीनवटा वडा मात्र जिते । दुईजनालाई मनोनित गरेको थयो ।
सो नगरपालिकामा उमेयरसहित छजना प्रतिनिधि भए । तर ती वडाअध्यक्षहरु पनि मेयरकै तालमा हिड्न थाल्नुभयो । सलमा एक्लै हुनुभयो । उहाँ एक्लै भएपनि नगरपालिकामा कहिले गलत सहनु भएन । कुनै कुरा गलत भइरहेको छ भने सलमाले अवाज उठाउनु हुन्थ्यो । त्यसले गर्दा मेयर र उपमेयरको बीचमा कहिले राम्रो सम्बन्ध रहेन ।
नागपालिकामा भइरहेको हरेक कुराको जानकारी जनतालाई सलमाले जानकारी गराउनु हुन्थ्यो । मेयरले सलमालाई काम गर्न दिइरहेको थिएन । मेयरले हरेक काम एकलौटी गर्नुहुन्थ्यो । कतिपय अवस्थामा सलमाले लिखित रुपमै मेयरलाई ध्यानाकर्षण गराउनु भएको छ । सलमाले कुरा गर्दा मेयरले काम गर्छु भन्नुहुन्थ्यो तर पछि कहिले गर्नु हुन्थेन । मेयरसँग टसलमै बित्यो सलमाको पाँच वर्ष ।
तर केही कामै गर्नुभएन भने होइन । उहाँले आफ्नो क्षमताले भ्याएसम्म केही महत्वपूर्ण काम गर्नुभएको छ । छात्राका लागि डिजिटल लिटरेसी प्रोग्राम सञ्चालन गर्नुको साथै पुस्तकालय स्थापनाको काम सुरुवात पनि गर्नुभयो । छात्रालाई महिनावारी हुँदा स्कूल छाड्न नपरोस् भनेर उनीहरुका लागि स्कूलमा छुट्टै कोठा बनाउने व्यवस्थाका साथै उपमेयर छात्रवृति कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । न्याय समिति त उहाँले सफलता पूर्वक नै चलाउनुभयो । किसानलाई मल खादमा सुविधा दिनुको साथै केही विकास निर्माणका काम पनि गर्नुभएको छ । तर सलमाले जति सोच्नु भएको थियो, जनतासँग जति वाचा गर्नुभएको थियो त्यति गर्न सक्नु भएन ।
छात्रालाई महिनावारी हुँदा स्कूल छाड्न नपरोस् भनेर उनीहरुका लागि स्कूलमा छुट्टै कोठा बनाउने व्यवस्थाका साथै उपमेयर छात्रवृति कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
उहाँ भन्नुहुन्छ, ‘म पाँच वर्षमा धेरै ठूला काम गर्न नसके पनि समाजका विपन्न र पिछडिएका वर्गका लागि काम गरिरहेँ जसमा अरूले खासै ध्यान दिएका थिएनन् ।’ यसपाली स्थानीय चुनावमा भाग नलिनु भएका सलमा अगामी प्रदेश सभाको सदस्यको तयारीमा लाग्नुभएको छ । पार्टीले टिकट दियो भने प्रदेशसभा सदस्यमा चुनाव लड्ने उहाँले बताउनुभयो । उहाँ अब राजनीति छाड्नु हुन्न । जुन जनताले मलाई यति विश्वास गरेर चुनावमा जिताउनुभयो, त्यसलाई म त्यतिकै छाडेर जान सक्दिन, उहाँहरुका लागि अझै केही गर्न चाहन्छु, उहाँले भन्नुभयो, ‘जनताले ममाथि गरेको विश्वासको विश्वासघात हुन्न दिन्न ।’ सलमा अहिले जसपा जिल्ला समितिमा सचिव हुनुहुन्छ भने युवा कमिटीको केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टीको केन्द्रीय सदस्यका लागि नाम सिफारिस भएको छ ।

मोहम्मद वकिल र विवि असरफनका एक मात्र छोरी सलमाका एकजना दाजु र एकजना भाइ छन् । दाजु फिरोज आलम व्यवसायीमा हुनुहुन्छ भने भाइ अफरोज आलम इन्जिनियर हुनुहुन्छ । सलमा तीन वर्षीय रुहान अहमद एकछोरा छ । उहाँका श्रीमान अब्दुल गनी पनि व्यावसाय गर्दै हुनुहुन्छ ।
ससुरालमा श्रीमानसँगै सासुआमा, दुईजना देवर, एक देउरानी हुनुुहन्छ भने श्रीमानका चारजना वहिनीको विहे भइसकेको छ । माइती तथा ससुराल दुवै तर्फबाट सलमाको राजनीतिमा सहयोग रहेको छ । पर्साबाट चुनाव जितेका कारण अधिकाँश समय जनताकै बीचमा बिताउनु हुन्छ । तर समय समयमा ससुराल पनि जानुहुन्छ ।


तपाईको प्रतिक्रिया