भोटको राजनीतिका लागि नागरिकता

–रमिता यादव
२०७८ को उत्कृष्ट नाटक ढकियामे नागरिकताले पछिल्लो पटक निकै नै चर्चा पायो । नाट्यकर्मी सरिता साहको लेखन तथा निर्देशन रहेको नाटक ‘ढकियाँमे नागरिकता’ नागरिकताविहीन नेपालीहरूको आवाजलाई बलियो बनाउने बुलन्द नाटक हो । गत माघको पहिलो साता मञ्चन गरिएको नाटक शिल्पी थिएटरमा १० गतेसम्म मञ्चन भयो ।

नेपालको छोरीले विवाह गरर ल्याएको विदेशी पुरुष १५ वर्ष नेपालमा बसोबास गरेपछि नेपाल नागरिकता पाउने । संविधानको धारा १८ र ३८ वंशीय आधारमा ‘म नेपाली मेरो वंशज नेपाली हुदाँ मैले विदेशी पुरुषसँग विावह गर्दा नागरिकता किन न पाउँने ।’

नागरिकता संबन्धि राज्यले बनाएका कानुनहरु कायान्वयनमा प्रशासनको नै कमजोरी देखिएको, स्थानिय तहले सल्टाउने पर्ने विषयलाई कानुनले जटिल बनाइदियो । कानुन कडा भएको पुरुषवादी र नस्लवादी सोचका कारण एकल महिला र आमाको नामबाट नागरिकता लिनमा समस्या देखिएको छ । वंशजको परिभाषा न बुझने व्यक्तिले राजनीति गरिरहेको छ । विदेशी नागरिकसँग विवाह गर्नु ठूलो कुरा होइन, नियम लगाउनु राम्रो हो तर सात सालको अन्ंतरालमा त्यो व्यक्तिले आफ्नो जिविका कसरी चलाउने, बैंकमा खाता कसरी खोल्ने, नागरिकता कुन आधारमा दिने भन्ने बिषयमा अन्यौलता अझै कामय छ ।

यो कानुनी समस्या हो, सिमा समस्या होइन, भुमि समस्या होइन, देशका जनतालाई देशका कानुनहरुको सुनिश्चितत दिनु राज्यको जिम्मेवारी हो सिमाना प्रशासनिक विषय हो । बुहारीको लागि चिन्तित छैनौँ, तर छोरीले विवाह गरेर ल्याएको विदेशी पुरुषको बारेमा चिन्ता व्यक्त गछौँ, बिना नागरिकता कुनैपनि देशको नागरिकले सामाजिक सुरक्षा पाउँदैन । मधेशीहरुको पुर्खा इन्डियन हुन्न भन्ने धारणा धेरै व्यक्तिहरुको हुने गरेको पाइएको छ । पहिला पहिला जनचेतनाको कमी भएको कारण नागरिकता बनाउन मानिसले ध्यान दिइएन, नागरिकता बनाएर के नै हुन्छ र ।

बच्चा जन्मिने बित्तिकै नागरिकता र जन्मदर्ता बनाइदिने अथवा बच्चा बालिग भइसकेपछि उनको अधिकारमा निर्भर गर्दैछ कसको र के को आधारमा कसरी नागरिकता लिने, असामाजिक रुपमा अनावश्यक सन्तान पैदा नहोस् भन्ने आशा पनि कतै न कतै लुकेको छ तर वादी समुदायामा त बुवाको हुन्छ भन्ने थाहा पनि हुदैँन र त्यस्ता समुदाय पनि नेपालमा छन् ।

नागरिकताको सवालमा मधेशीमाथि जहिले प्रश्न उठ्ने गरेको छ । यो पृथ्वीनारायण शाहको पालादेखि नै हो । तराईमा बसोवास गर्ने समुदाय प्राचिनकालदेखि नै बस्दै आएको हो । मधेशीको आकार बनावट, धर्म संस्कृति भारतीयसँग मिल्दो जुल्दो भएको कारण इन्डियन भनियो । तराईमा खेतियोग्य जमिन राम्रो भएको , तराईको समुदायमाथि अविश्वासको भावना राज्यको छ ।

न्यूज कारखानाको रिर्पोटका अनुसार बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।

यस्ता धेरै भारतबाट आउने पहाडीले नागरिकता लिएका छन् । झापा, मोरगतिर दार्जिलिड्ग, खर्साडग,, आसाम, र बर्माबाट आउने हजारौ भारतीय पहाडीले नागरिकता लिएर जागिर खाएर रिटार्ड भएका छन् । कति राजनितिक र व्यावसाय गरि राखेका छन् । तर, सरकार र नेता मौन छन् । अधिवक्ता आनन्द गुप्ताका अनुसार जन्मको आधारमा नागरिकता सब भन्दा बढी क्रमशः झापा, मोरंग र सुनसरीमा, जम्मा १,९०,७२६ मध्ये मधेश प्रदेशमा ६४,०३९ र बाँकी हिमाल तथा पहाडमा समेत गरी देशभरका ४९ जिल्लामा जन्मको आधारमा नागरिकता प्राप्त गरेका छन् ।

गृह मन्त्रालयको डाटा अनुसार नागरिकता ऐन २०६३ बमोजिम जन्मको आधारमा प्रदान गरिएका नेपाली नागरिकता जम्मा १,९०,७२६ हो जब कि कसैले २६ लाख त कसैले ५३ लाख भन्दा रहेछन् ।

यो ऐनको आधारमा सब भन्दा बढ़ी तीन जिल्लामा मात्रै ७०,७४० (झापा २६,४३०, मोरंग २२,७४३ र सुनसरी २१,५६७ ) मा नागरिकता प्रदान गरिएको छ भने मधेश प्रदेशका ८ जिल्लामा जम्मा ६४,०३९ ( पर्सा १५,०१७ धनुषा १३,८०१ सर्लाही ११, ८९७ बारा ११,१४४ महोत्तरी ६,५९८ सप्तरी ५,७९४ सिरहा ५,३४६ रौतहट ४,३५२) प्रदान गरिएको छ ।

झापा मोरंग सुनसरी पछि सब भन्दा बढी रूपन्देही जिल्लामा १५,०२९ नागरिकता प्रदान गरिएको गृह मन्त्रालयको तथ्यांकमा छ । यस बाहेक नेपालका अन्य जिल्लाहरूमा ४०,९१८ नागरिकता जन्मका आधारमा नेपाल नागरिकता ऐन २०६३ अनुसार प्रदान गरिएको गृह मन्त्रालयकै तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया