सिके राउत सप्तरी २ बाट विजय

सप्तरी मंसिर ७ गते । सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधि सभा सदस्यमा विजय हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले उहाँले पराजित गर्नुभएको छ ।

सिके राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभएको छ भने उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २ (क) मा सतिशकुमार सिंह निर्वाचित हुनुभएको छ । भने (ख) मा जनमत पार्टीकै महेश यादव निर्वाचित हुनु भएको छ ।

 

तपाईको प्रतिक्रिया