महेन्द्र रायबाट दोस्रो पटक पराजित हुनुभयो राजेन्द्र महतो

सर्लाही गते । सर्लाही २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय तादव बिजय हुनुभएको छ ।
उहाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउनु भएको छ । महेन्द्र राय यादव नेकपा माओवादीको चुनाव चिन्हबाट चुनाव लड्नु भएको थियोे ।
उहाँले नेता महतोलाई २ हजार ११ मत अन्तरले पराजित गर्नुभयो ।
महिन्द्र राय यादवले २३ हजार ५२९ मत पाउँदा राजेन्द्र महतोले २१ हजार ५१८ मत पाउनुभएको छ ।
२०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित महतो यस वर्ष क्षेत्र फेरेर सर्लाही पुग्नु भयो । यता महेन्द्र राय गत चुनावमा सोही क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।
दुवै दल सत्ता गठबन्धनमा भएपनि उहाँहरुको बीचमा मित्रवत प्रतिस्पर्धा भएको थियो ।
२०७० को संविधान सभा चुनावमा पनि महेन्द्र रायले राजेन्द्र महतोलाई हराउनु भएको थियो । त्यसपछि भएको २०७४ को चुनावमा राजेन्द्र महतो सो क्षेत्र महेन्द्रलाई छाडेर धनुषा जानू भएको थियो । धनुषा ३ बाट उहाँले चुनाव पनि जित्नु भएको थियो ।
यसपटक धनुषा छाडेर सर्लाही गएर महेन्द्र राय यादवको विरुद्धमा उम्मेदवारी दिनुभएको थियो तर उहाँ चुनाव हार्नुभयो ।

तपाईको प्रतिक्रिया