गिरीराजलाई पराजित गर्नुभयो लक्ष्मीले

बर्दिवास मंसिर ११ गते । महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता लक्ष्मी महतोले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरीराजमणी पोखरेललाईं पराजित गर्नुभएको छ ।

उहाँले नेकपा माओवादी केन्द्रका उम्मेदवार पोखरेललाई १ हजार ३० मतको अन्तरले पराजित गर्नुभएको हो । एमालेका नेता महतोले २३ हजार ४०२ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत प्राप्त गर्नुभएको छ ।

नेता पोखरेल यसअघि त्यहाँबाट लगातार जित्दै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया