सरकारमा मिसाउन ओलीले गर्नुभयो रेशम चौधरीको प्रयोग

प्रधानमन्त्री ओली मौकाको तलासमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बलियो देखाउन जुनसुकै हद पार गर्न सक्नु हुन्छ भनि थुप्रै उदाहरणहरु छन् । 

चुनाव जित्नका लागि भारतको विरोध गर्दै राष्ट्रवादीको नारा लगाउनु भएका प्रधानमन्त्री ओली मधेशमा आफ्नो स्पेश बनाउन जेलमा रहनु भएका सिके राउतलाई पनि रिहाई गर्नुभयो । राष्ट्र विखण्डनको मुद्दामा जेलमा रहनु भएका सिके राउतसँग जेलमै ११ बुँदे सम्झौता गरेर उहाँलाई बाहिर ल्याई मुलधारको राजनीतिमा फर्काउनु भएको थियो । 

अहिले त्यस्तै टुल रेशम चौधरीलाई बनाउनु भएको छ । प्रधानमन्त्री ओली मौकाको तलासमा हुनुहुन्छ । नेकपा विभाजनसँगै कमजोर बन्नुभएका प्रधानमन्त्री ओली मधेशवादी दललाई आफूतिर तान्नका लागि रेशम चौधरीलाई टुल बनाउनु भएको छ । उहाँले जसपा नेपालका नेताहरुलाई बोलाएर भन्नुहुन्छ, ‘तपाईहरु सरकारमा आउनु हुन्छ भने म रेशम चौधरीलाई छाड्न लगाउँछु ।’ संसद विघटन भएपछि काम चलाउ सरकार बनेको छ । तर त्यो सरकारलाई पनि बलियो बनाउन उहाँले मधेशवादी दललाई भित्र्याउन निकै मेहनत गरिरहनु भएको छ । 

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहायका लागि प्रधानमन्त्री ओलीले आफूहरुलाई सरकारमा आउनका लागि दवाव दिइरहेको खुलासा गर्नुभएको छ । उहाँले हालसालै आफूले रेशम चौधरीको रिहाइको बारेमा कुरा गर्न प्रधानमन्त्री ओलीसमक्ष जाँदा उहाँले रेशम चौधरीलाई छाड्न समस्या छैन छाडिन्छ तर त्यसका लागि सरकारसँग सहकार्य गरौं भनि प्रस्ताव गर्नुभएको बताउनुभयो । रेशम चौधरी निर्दोष हुन् उहाँलाई फँसाइएको हो कुरा प्रधानमन्त्री ओलीले स्वयं भन्दै आउनु भएको छ, यदि निर्दोष हो भने किन छाडिरहेको छैन भन्दै अध्यक्ष ठाकुरले चौधरीलाई प्रयोग गरेर आफूहरुसँग ब्ल्याकमेलिङ गरिरहनु भएको बताउनुभयो ।

आफ्ना नेताहरु जेलमा रहेको बेला कुनै पनि हालतमा सरकारमा सहभागी नहुने जवाफ आफूले दिएको दावी गर्नुहुँदै उहाँले रेशम चौधरीको रिहाई र अन्य नेताहरुको मुद्दा फिर्ता नभएसम्म सरकारमा सहभागी नहुने कुरा स्पष्ट रुपमा भनेको बताउनुभयो । पहिला रेशम चौधरीलाई रिहाई गर्नुस्, मुद्दा फिर्ता गर्नुस् अनि मात्र सरकारमा जाने जाने कुरामा विचार गर्ने आफूले भनेको उहाँले बताउनुभयो । जसपा नेपाल सरकारमा आउन नमाने पनि उहाँले मधेशमा आफ्नो स्पेश बनाउनका लागि मौका हेरी रेशम चौधरीलाई रिहाइ गर्न सक्ने स्रोतले जनाएको छ । जसरी देश विखण्डनको मुद्दामा जेलमा रहनु भएका सिके राउतसँग अचानक सम्झौता गरेर रिहा गरे त्यसैगरि, रेशम चौधरीसँग कुनै आन्तरिक सम्झौता गरी रिहाई गर्ने सम्भावना रहेको छ । 

पहिला रेशम चौधरीलाई रिहाई गर्नुस्, मुद्दा फिर्ता गर्नुस् अनि मात्र सरकारमा जाने जाने कुरामा विचार गर्ने आफूले भनेको

टिकापुर घटनाको विषयलाई लिएर आफूले थुप्रै पटक सबै प्रधानमन्त्रीहरुलाई भेटेको बताउँदै अध्यक्ष ठाकुरले सबै प्रधानमन्त्रीले टिकापुरका थारुहरु निर्दोष छन् भन्नुहुन्छ तर रिहाई गर्न नचाहेको बताउनुभयो । टिकापुरको घटना राजनीतिक घटना हो, त्यसमा पनि रेशम चौधरी निर्दोष हुनुहुन्छ, प्रधानमन्त्री ओलीलगायतका नेताहरुले भनिरहनु भएको तर नछाड्नुमा ठूलै रहस्य रहेको उहाँले बताउनुभयो । रेशम चौधरीलाई कम्युनिस्ट र काँग्रेस राजनीतिक रुपमा प्रयोग गरिरहेको टिप्पणी पनि उहाँले गर्नुभयो । 

नागरिक अगुवा दमननाथ ढुुगांनाले टीकपुर घटना राष्ट्रिय सरोकारको विषय हो, र यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताउनुभयो । शुरुदेखि नै राज्य विभेदकारी छ, त्यसको मात्रा फरक फरक छन् तर विभेद सबैतिर रहेको बताउादै उहाँले शासकले जहिले पनि शासक नै बन्न चाहने प्रवृतिले देशमा यस्तो खालको घटना हुने गरेको बताउनुभयो । टीकापुुरको घटनाको बारेमा राज्यले बोल्न चाहेका नचाहेको बताउँदै उहाँले टीकापुरको घटना राज्यले नै गर्न लगाएको हो र राज्यले नै त्यसलाई दवाउन खोजेको टिप्पणी गर्नुभयो । राज्यले टिकापुरको घटनामाथि न्याय गर्ने हो भने जेलमा रहेका सबै निर्दोष थारुलाई छाड्नुपर्ने उहाँले बताउनुभयो । 

थारु आन्दोलनमा सक्रिय भानुराम थारुले टिकापुरको घटनालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताउनुभयो । टीकापुरको घटना बिल्कुल राजनीतिक घटना हो तर त्यसलाई राजनीतिक पूर्वांग्रही रुपमा थारुहरुसँग दुुश्मनी साँधे आरोप उहाँले लगाउनुभयो ।

 अधिवक्ता सुरेन्द्र महतोले टीकापुरको घटना अस्वभाविक होइन, राज्यले यो घटना सुनियोजित रुपमा गराएको दावी गर्नुभयो । थारुहरुले शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका थिए तर राज्यले त्यसलाई दवाउन खोज्दा त्यो विद्रोह भएको बताउनुभयो । राज्य जहिले पनि शोषित, पिडितमाथि दमन नै गर्ने गरेको उल्लेख गर्दै उहाँले जब कुनै समुदाय वा क्षेत्रले राज्यमा आफ्नो हिस्सा खोज्छ अनि राज्यले उनीहरुमाथि दमन गर्ने रोकेको बताउनुभयो । 

तपाईको प्रतिक्रिया