चुनावी स्टन्टका लागि हिन्दु धर्मको नारा

 –श्रीमन नारायण

नेपालको सातदशक लामो राजनीतिक इतिहासमा कुनै एक प्रधानमन्त्री नेतृत्वको सरकारले ५ वर्षको कार्यकाल पूरा गर्न नसक्नुलाई दुर्भाग्यपूर्ण नै मान्नु पर्दछ । वि.सं.२०१७ साल पुष १ गते राजा महेन्द्रद्वारा चालिएको शाही कदमलाई अपवाद मान्ने हो भन्ने पनि नेपालका राजनीतिक दलहरु आफ्नै अन्तरकलहका कारण शासन सत्ता चलाउन असफल र असमर्थ साबित भएका छन् । 

तीन वर्षअघि झण्डै दुई तिहाई बहुमत सहित सत्तामा आएको प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले सत्ताधारी नेकपाभित्र समन्वय एवं सामन्जस्य कायम गर्न नसकी बिना कारण देशलाई मध्यावधि निर्वाचनको आगोमा झोक्ने काम  गरेको छ । 

चुनावताका जनता सामु व्यक्त गरिएका प्रतिबद्धताहरुको कार्यान्वयन गर्न असफल रहेका प्रधानमन्त्री ओली अब “राजतन्त्र” एवं “हिन्दू राष्ट्र” को नारा उछालेर चुनावी सफलता हासिल गर्न चाहन्छन् । गरीब मजदूर र सर्वहारावर्गको जीवनस्तरमा सुधार ल्याउने वाचा गरेका वामपन्थी नेता ओलीले अब कहिले उग्र राष्ट्रवादी त कहिले उग्र “हिन्दूत्व” को नारालाई अघि सार्नु दूर्भाग्यपूर्ण हो । प्रधानमन्त्री ओलीको निम्ति “हिन्दूत्व वैचारिक आस्था” होईन राजनीतिक अस्त्र हो । प्रधानमन्त्री ओलीको यस रणनीतिलाई समयमै बझ्नु आवश्यक छ । यो त राजनीतिक अवसरवादिताको पराकाष्ठा हो । 

धर्मलाई अफिम ठान्ने नास्तिक कार्ल मार्कसका अनुयायी तथा ईश्वरका नाममा शपथ लिन समेत नमान्ने प्रधानमन्त्री ओलीले अचानक पशुपतिमा गएर संकल्पपूजा गर्नुका साथै एकलाख पच्चिस हजार दीप समेत प्रज्जवलन गरे । प्रधानमन्त्री ओलीमा अचानक जागेको आस्तिक भाव स्वभाविक नभएर चुनावका लागि भएको मान्नु पदर्छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो आस्था अनुसारको पूजापाठ गर्ने अधिकार प्रदान गरेको छ । 

यस हिसाबले प्रधानमन्त्री ओली पनि आफ्नो आस्था अनुसार पूजापाठ गर्न स्वतन्त्र हुन् तर हिजोसम्म आपूmलाई नास्तिक मान्दै आएका व्यक्तिले चुनावको बेलामा आपूmलाई आध्यात्मिक देखाउने प्रयास गर्नुलाई अवसरवादिता नै भन्नु पर्दछ । हाम्रा प्रधानमन्त्री चुनावी हिन्दू मात्रै हनु कि वास्तवमा उनको मन परिवर्तन भएको हो त्यो त भविष्यको गतिविधिले नै सावित गर्नेछ । 

यस हिसाबले प्रधानमन्त्री ओली पनि आफ्नो आस्था अनुसार पूजापाठ गर्न स्वतन्त्र हुन् तर हिजोसम्म आपूmलाई नास्तिक मान्दै आएका व्यक्तिले चुनावको बेलामा आपूmलाई आध्यात्मिक देखाउने प्रयास गर्नुलाई अवसरवादिता नै भन्नु पर्दछ । हाम्रा प्रधानमन्त्री चुनावी हिन्दू मात्रै हनु कि वास्तवमा उनको मन परिवर्तन भएको हो त्यो त भविष्यको गतिविधिले नै सावित गर्नेछ । 

हिन्दू राज्य र धर्मनिरपेक्षता नेपालको राजनीतिमा अति नै महत्व राख्ने जटिल विषय हुन् । नेपाली जनता स्वभावतः नै हिन्दू हुन् । १४ वर्षअघि जतिवेला विना कारण नेपाललाई धर्मनिरपेक्ष घोषित गर्ने काम भएको थियो, त्यतिवेला पनि नेपाली जनताले यसलाई रुचाएका थिएनन् । हिन्दूहरु स्वभावतः नै शान्त, सहिष्णु एवं दयालु स्वभावका हुन्छन् त्यसकारण सडकमा आएनन् ।

 साढे ५ वर्ष अघि जननिर्वाचित संविधानसभाको तीन चौथाई समर्थनद्वारा जब देशलाई धर्मनिरपेक्ष घोषित गर्ने काम भयो त्यतिवेला पनि जनता सडकमा आएनन् । विगत ५ वर्षमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरुले नेपाललाई पूनः हिन्दू राष्ट्र बनाउने विषयमा आफ्नो धारण राख्न थालेपछि , यस विषयले बढी चर्चा पाएको हो । 

दक्षिणी छिमेकी भारतको राजनीतिमा “हिन्दूत्वको” मुद्दाले धेरै महत्व राख्दै आएको छ । त्यहाँ विदेशी मुसलमान आक्रमणकारी एवं अंग्रेजहरुले सैकडौ वर्षसम्म शासन सत्ता चलाएका कारण हिन्दू धर्म संस्कृतिमाथि पनि ठूलो प्रहार भएको थियो । भारतीय जनता पार्टीले सांस्कृतिक राष्ट्रवादलाई आफ्नो प्रमुख राजनीतिक मुद्दा बनाई विगत सात दशकदेखि राजनीति गर्दै आएको छ । उसले भारतको पूरानो सांस्कृतिक विरासतलाई पूनः स्थापित गराउन सकिने विश्वास राखेको देखिन्छ । 

भारत जस्तो विशाल लोकतान्त्रिक देशमा “सांस्कृतिक राष्ट्रवाद” को मुद्दाले कति समर्थन तथा स्वीकार्यता पाउने हो ? त्यसबारे निर्णय लिन भारतीय जनता योग्य र सक्षम छन् । तर भारत जस्तो विशाल देश कहिल्यै हिन्दू राष्ट्र बन्न नसक्ने निश्चित छ किनभने धर्मनिरपेक्षता उसको राष्ट्रिय चरित्र बन्न गएको छ । भारतको सर्वोच्च अदालतले पनि “हिन्दूत्वलाई” धर्म अथवा उपासना पद्धति मान्नेको छैन, हिन्दूत्वलाई “जीवन पद्धति” को रुपमा प्रभाषित गरेको छ । 

हुनपनि सनातन धर्म त “शब्द” र “ज्ञान” हो जसको कहिल्यै अन्त्य हुन सक्दैन । वेद, उपनिषद महापुरुषहरु तथा ऋषिमुनि हरुको वाणीले पल्लवित र पुष्पित सनातन धर्मको संरक्षण एवं सम्बद्र्धनको निम्ति कुनै दल अथवा नेताको संरक्षण चाहिदैन । सनातन धर्मको शरण तथा संरक्षणमा आएर जो कोही पनि आनन्दको अनुभूति गर्न सक्दछ, परमानन्दको प्राप्ति गर्न सक्छ र संभवतः राजनीतिक अभिष्ट पनि पूरा गर्न सक्दछ । 

नेपाल जस्तो देशमा धर्मनिरपेक्षताको घोषणापछि धर्म परिवर्तनका घटनाहरुले तीव्रता पाएको छ । हिमाली र मधेशीहरुको बाहुल्य भएको क्षेत्रमा धर्म परिवर्तनका घटना साह«ै न्यून भएका छन् तर पहाडी जिल्लामा एवं पूर्व –पश्चिम राजमार्गको क्षेत्रमा धर्मपरिवर्तनको घटनाले तीव्रता पाएको छ । धर्मान्तरणको घटना तीब्र रुपमा बढ्न थालेपछि पश्चिमेली राष्ट्रहरुको गतिविधि तथा हस्तक्षेप बढ्न सक्ने संभावनालाई खारेज गर्न सकिदैन । 

नेपालमा धर्मान्तरणको घटना बढ्दै गएको कारण नै हिन्दूत्वको मुद्दाले पनि बढी महत्व पाउन थालेको हो । दोस्रो संविधानसभाको निर्वाचन ताका कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिक अन्तर्गत बढी मत पाउनुको कारण पनि त्यही नै थियो तर कमल थापाले त्यस समर्थनलाई संरक्षण गर्न सकेनन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विगत चार पाँच वर्षमा नेपाली जनतासामु धेरै आकर्षक र असम्भव घोषणा गरेका थिए, जसको कार्यान्वयन तत्काल सम्भव थिएन् । खास गरि पूर्व पश्चिम विद्युतीय रेलमार्ग, पानीजहाज, केरुङ काठमाडौं रेलमार्ग, हावाबाट विजुली निकाल्ने कुरा र  सुखी नेपाली समृद्ध नेपालको नारा । यसै वर्ष लिपुलेख र लिम्पियाधुरालाई समेटेर उनले नयाँ नक्सा त जारी गरिदिए तर त्यो भूभाग पाउनु कठिन होईन कि असम्ंभव नै छ । । “उग्र राष्ट्रवाद” को नारालाई अधिकत्तम विन्दूसम्म प्रयोग गरिएको छ । अब राष्ट्रवादको नाममा भजाउन सकिने कुनै नारा नै बाँकी रहेन । 

तसर्थ अब “हिन्दूत्व” मार्फत सांस्कृतिक राष्ट्रवादलाई नयाँ राजनीतिक अस्त्र बनाउने काम भएको  छ तर सांस्कृतिक राष्ट्रवादको व्याप्कतालाई बुझ्न आवश्यक छ । एकाईसौं शताब्दिमा आएर भगवान श्रीराम को जन्म “चितवनमा भएको दावी गरेर प्रधानमन्त्री ओलीले देश दुनियाँमा आफ्नो खिल्ली आफै उडाउन थालेको छन् । आपूmलाई वेदव्यास भन्दा पनि ठूलो विद्वान ठानेर पूर्वीय तथा वेदान्त दर्शन, हिन्दूधर्म र संस्कृतिबारे श्रृंखलाबद्ध प्रवचन दिदै आएका छन् । 

भोलीका दिनमा उनका समर्थकहरु पनि आपूmलाई कथावाचक अथवा “पुराण वाचक” दावी गर्नेछन् । अयोध्या र राम जन्मभूमिबारे यो अनौठो जानकारी एवं न्यूटन को गुरुत्वाकर्षणको सिद्धान्तमाथि पनि प्रश्न चिन्ह खडा गरेर उनले आफूलाई अब माक्र्सवाद, लेनिनवाद र मदन भण्डारी पथका मात्रै होइन कि आध्यात्मका समेत ठूलो ज्ञाता साबित गर्नेछन्् । सिद्धान्त भन्दा सत्ता र नीतिभन्दा रणनीतिलाई ठूलो ठान्ने नेपाली राजनीतिक मान्यतामा ओली सफल नेता साबित भई रहेका छन् । 

नेपालका कतिपय वामपन्थी नेताहरु केवल जनतालाई भ्रमित पार्न मात्रै वामपन्थी आवरणको प्रयोग गर्दै आएका छन् । भित्रिरुपमा घोर दक्षिणपन्थी विचारबाट ग्रसित छन् । नेपालका कतिपय वामपन्थीहरु आफ्नो राजनीतिक अभिष्टलाई पूरा गर्नका निम्ति मात्रै मार्कस, लेनिन र माओ  तथा कम्युनिष्ट पार्टीको नाम एवं झण्डाको प्रयोग गर्दै आएका छन् । विगतमा नेकपा एमालेले आफ्नो पार्टी कार्यालयको भ्रमण गर्न अमेरिकी राजदूतलाई निम्ताएको बेला मार्कस, लेनिन र माओकोे तस्वीरलाई समेत त्यहाँबाट हटाई दिएका थिए । 

प्रतिकात्मक राजनीतिमा विश्वास गर्नेहरुको निम्ति विचार, सिद्धान्त र जनसेवा गौण हुन्छ । वर्तमान अवस्थामा चुनावी सफलता हात पार्न पशुपतिनाथ, भगवान श्रीराम र गौतमबुद्धको आशिर्वाद चाहिएकोले मात्र पशुपति पुग्ने काम भएको छ । नेपालको राजनीतिमा सिद्धान्त र विचारको ठाउँ सत्ता र अवसरले लिईसकेकोे छ । पद र पैसालाई नै एकमात्र अन्तिम लक्ष्य ठानिएको छ ।

 जनसेवा र राष्ट्रसेवा गौण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा सर्वाधिक चतुर एवं कुशल राजनीज्ञ हुन् । हिन्दू धर्म तथा संवैधानिक राजतन्त्र प्रतिको झुकाव क्षणिक र चुनावी लाभको निम्ति मात्रै हो । 

तपाईको प्रतिक्रिया