Khadya Bibhag

नेकपा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

काठमाडौं माघ ९–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह) ले आज राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि सातवटै प्रदेशबाट आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई काठमाडौं बोलाएका छन् । 

यो आन्दोलनलाई सफल पार्नका लागि पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको केन्द्रीयय संघर्ष समिति पनि बनेको छ । सो समिति कार्यक्रम सफल पार्नका लागि निर्देशिका नै जारी गरेको छ । निर्देशिकामा प्रदेश प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्ने भनिएको छ । 

प्रदर्शनकारीहरु तोकिएको ९ स्थानमा पौने ११ बजेसम्म भेला भइ सक्नुपर्नेछ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ।  

सबै जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ भने त्यहाँबाट रत्नपार्क–बागबजार, पुतलीसडक–भद्रकाली–भोटाहिटी हुँदै भृकुटीमण्डप सभामा परिणत हुनेछ । 

तपाईको प्रतिक्रिया