सहिदलाई दिनु पर्ने रकम सोधखोज गर्दा राजेन्द्र महतोले पत्रकारलाई सिकाउनु भयो जोडघटाउ

काठमाडौं माघ ९–हिजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई भाषा प्रयोग गर्न नजाने भन्दै टिप्पणी गर्नुभएको थियो भने आज जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पत्रकारलाई हिसाब नजाने टिप्पणी गर्नुभएको छ । 

प्रेस मञ्च नेपाल र प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले मधेश आन्दोलनमा लाग्नेलाई ५० लाख दिने गरिएको घोषणा कहिले पुरा हुने गरेको प्रश्नमा उनले ५० लाखको गीत नगाउन पत्रकारलाई आग्रह गर्नुभयो । 

तत्कालिन मधेशी मोर्चाले आन्दोलनमा सहभागी हुनेलाई ५० लाख दिन निर्णय सांकेतिक रुपमा गरेको भन्दै उहाँले त्यसअघि तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले पनि आन्दोलन लागेपछि मृत्यु हुने परिवारलाई १० लाख सहयोग गर्ने निर्णय गर्नुभएको थियो त्यस्तै आफूहरुले पनि गरेको प्रष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, तपाईहरुले जहिले पनि ५० लाखको गीत गाउनु हुन्छ, प्रदेश २ सरकारले अहिलेसम्म कति सहयोग गरिसक्यो त्यो हिसाब किताब हेर्न भएको छैन तपाईहरुलाई जोड घटाउ पनि आउँदैन कि क्या हो ।’ प्रदेश सरकार गठन भएपछि सहयोग गर्दै आएको ५० लाखमा त्यो रकम घटेको होला नि भन्दै उहाँले गर्दै आएको सहयोगलाई घटाएर कुरा गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

उहाँले ५० लाख भन्दा बढी सहयोग सहिद परिवारलाई हुने दावी उहाँले गर्नुभयो । मधेशी सहिद प्रतिष्ठान गठन हुन्छ र त्यसमार्फत सहिद परिवारलाई सहयोग हुने दावी उहाँले गर्नुभयो ।  

तपाईको प्रतिक्रिया