उपेन्द्र यादवलाई समाप्त गर्नेहरू को कहाँ छ?

–श्याम यादव
उपेन्द्र यादवलाई गाली गर्ने मुर्खहरु हो ! उपेन्द्र यादवलाई समाप्त पार्न १४ / १५ वर्षको अवधीमा थुप्रै अवसरवादी , विदेसी दलाल र मधेसका गद्दारहरु अाए तर कसैले केही विगार्न सकेको छैन र सक्दैन पनि तसर्थ व्यर्थ कसरत नगरेकै जाति हुन्छ ।
१. जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लाई समाप्त गर्छु भन्नेहरु आफै समाप्त भएको घाम झै छर्लङ्ग छ । अाज पुन समाप्त पार्छु भन्नेहरु १५ दिन वितेको छैन , सरकारको असंवैधानिक , अलोकतान्त्रिक र प्रतिगामी कदमको मतियार बन्न पुगेका छन ।
२. नेपाली कांग्रेस परित्याग गरी तत्कालीन मधेसी जन अधिकार फोरम नेपालमा शेर वनि प्रवेश गरेका विजय कुमार गच्छदार उपेन्द्र यादवलाई समाप्त पार्न लोकतान्त्रिक फोरम गठन गरि भागेका विजय अहिले मुसाको रुप धारण गरी कता लुकामारी खेल्दैछन थाह छैन अहिले पुन शरण पर्न पुरानै ठाउँमा फर्किसके पनि भ्रष्टाचार काण्डमा फसि भ्रष्टको रुप धारण गरीसकेका छन ।
३.नेपाली कांग्रेस परित्याग गरी तत्कालीन मधेसी जन अधिकार फोरम नेपालमा प्रवेश गर्नु हुने जय प्रकाश गुप्ता ( जे.पी.) गुप्ता मधेशको अब्बल दर्जाको नेताको रुपमा स्थापित भए तर सत्ता उन्मादले मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिक बनाउने गुप्ता भ्रष्टाचार मुद्दामा जेल वसि फर्केका छन तर कहाँ छन खोज्नु पर्ने अवस्था छ । त्यसैगरी जयप्रकाश गुप्ता पछि अध्यक्ष वनेका राजकिशर यादव अहिले एमालेका महेश बस्नेत जस्ता अपहरणकाीहरुको पुच्छर बन्न बाध्य छन ।
४. सन्त र शालिन कहालायिएका महन्थ महासय पनि नेपाली कांग्रेस परित्याग गरि उपेन्द्र यादवलाई समाप्त पार्न मधेशका पण्डित बाबाहरुको झुन्ड बनाई तमलोपा पार्टी गठन गरी कसरत नगरेका होईनन् । तर मधेशमा व्यापार हुन छाडेपछि अलग अलग ठेला राखी व्यापार गरि रहेका छ जना ब्यापारीहरुको राजपा नामक व्यापार संघ गठन गरे तर असफल भए पश्चात् जसपामा विलय हुनु भएका व्यापारी महानुभावहरु अहिले लुम्बिनीका चार सांसद विक्री गरेर केन्द्रमा ५ जनालाई खरिद गरी प्रतिगामी सरकारमा सहभागी हुन पार्टी नीति सिद्धान्त र पार्टीको निर्णय प्रति ब्यवास्ता गर्दै मरिहत्ते गरेका कारण ईतिहासमा कहिल्यै नमेटिने काला धब्बाहरुले बाँचुन्जेल पश्चाताप गर्न बाध्य हुनेछन ।
५. मधेसी जनअधिकार फोरम नेपाल पार्टी स्थापना गर्दा प्रभावशाली नेता बनेका किशोर विश्वास , अमर यादब , विपी यादव लगायतका नेताहरु उपेन्द्र यादवलाई असफल बनाउन लागेकै कारण अाज मधेशमै विलय भएका छन दिउसै टर्च वालेर खोज्नु पर्ने अवस्था छ ।
६. मधेश र मधेसी जनताको हितका लागि स्व. गजेन्द्रनारायण ले सदभावना पार्टी गठन गरेका थिए तर दुर्भाग्य उहाँले हिन्दी भाषा र धोती कुर्ताको मुद्दा बाहेक अरु मुद्दा उठाउन सक्नु भएन । उनको मृत्यु पश्चात् भारतको विहारवाट व्यापार गर्न मधेस झरेका राजेन्द्र महतो नेपालको अंगिकृत नागरिकता प्राप्त गरि सदभावना पार्टीमा प्रवेश गरि सत्ता स्वार्थका लागि सदभावना पार्टी लाई छिन्न भिन्न पारी समाप्त गरे र हाल उपेन्द्र यादवलाई समाप्त गर्न जसपा छिरेका महतो बचेको साख समेत गुमाई सके र मधेसमा गए भौतिक कार्वाही गर्ने मधेसी जनताले उद्घोष गरिसकेका छन ।
७. महन्थ र राजेन्द्र महतो लगायतका केपी वलीका भजन मण्डलीहरुमा विभिन्न शक्ति राष्ट्रहरुको गुलामी र चाकरी गरी पार्टी वाट सांसद बनेका अवसरवादीहरुलाई खरिद/बिक्री गरि १/२ वटा सांसद संख्या बढी हुदैमा जनता समाजवादी पार्टी नेपाल लाई कब्जा गर्ने हैसियत छैन किनकी जसपामा हाल रहेका क्रान्तिकारी नेताहरु मधेस अान्दोलनको रापताप सहेर स्थापित भएका नेता छन तसर्थ विदेसीहरुको ईसारामा मधेसलाई गुलाम बन्न कदाचित दिने छैनन् ।त्यति मात्र होईन महन्थ / राजेन्द्रजीले मधेसका जनताको मन जित्न कहिल्यै सक्नु हुन्न। जनताले पत्याएको नेता उपेन्द्र यादव हुन वहाँहरू त केवल विदेसी एजेन्ट बाहेक अरु केही बन्न लाएक हुनु हुन्न ।

तपाईको प्रतिक्रिया