काठमाडौँ जेठ १५ गते । डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले दूध क्षेत्रलाई अगामी आर्थिक वर्षको वजेटले निराश बनाएको प्रतिकृया दिनुभएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक २०७८र७९ को बजेट जारी गरिहँदा उहाँले सो प्रतिकृया दिनुभएको हो ।
उहाँले बजेट महत्वाकांक्षी खालको रहेको र जुन समय अनुसार पूरा गर्न कठिन हुने दावी गर्नुभएको छ । अहिलेको विषम परिस्थितिलाई खासै ख्याल नगरिएको दावी गर्दै उहाँले अहिले ठूला ठूला योजनाभन्दा पनि तत्काल भैपरी आउने समस्या हल गर्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बजेटमा पुरानै शैली छ । खासै उत्साह ल्याउने खालको छैन । भनाइ एकातिर अनि गराइ अर्कोतिर हुनेखालको छ । बजेट सस्तो लोकप्रियता दिने खालको, छरपस्ट र भद्दा खालको छ , जस्तैः विद्यार्थीलाई निशुल्क १ थान सिम कार्ड, सस्तो लोकप्रियता दिनेखालको रहेको छ ।’ उहाँले प्रमाणपत्र राखेर २५ लाखसम्मको कर्जा, वृद्ध भत्ता ४ हजार पुर्याइएको, विद्यार्थीलाई ल्पापटप किन्न १५ ब्याज, धुलो दुघ कारखाना खोल्दा ३५ प्रतिशत अनुदान दिने लगायतका कार्यक्रम राम्रा रहेको बताउनुभयो ।
बजेटमा दुग्ध क्षेत्रको लागि भनेर खासै अहिलेको यो जटिल समस्या जुन बटर र धुलो दूधको समस्या छ त्यो नै समाबेश छैन, बिजुलीमा ५० प्रतिशत छुटको कुरा थियो त्यो अनि धुलो दूध बनाउँदा लाग्ने खर्चमा प्रति लिटरमा रु ६ रुपैयाँ अनुदानको कुरा पनि समाबेश छैन, स्टक सामान थितो मानेर अहिलेको तत्काल समस्या हल गर्ने मागिएको कर्जाको कुरा पनि समाबेश नभएको उहाँको गुनासो छ ।
उहाँले भन्नुभयो, ‘समग्रमा भन्नुपर्दा खास गरि दुग्ध किसान र उद्यमीलाई राहत हुने खालका कुनै पनि कुरा समाबेश गरिएको पाइएन ।’


तपाईको प्रतिक्रिया