काठमाडौँ जेठ १५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधनु भएको छ ।
आज शनिवार सोधिएको स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र जवाफ नदिए कारवाही गरिने चेतावनी दिइएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टिकरण सोधेको पौने २ घण्टापछि अध्यक्ष ठाकुरले पनि आजै २४ घण्टे स्पष्टिकरण सोध्नु भएको छ ।
महन्थ ठाकुरले पठाउनु भएको पत्रमा उल्लेख छ, तपाईलाई सफाईको मौका दिन तपाईलाई कारवाही किन नगर्ने भनि स्पष्टिकरण सोधिएकोमा आजको मितिसम्म जवाफ प्राप्त हुन नआएकाले दोस्रो पटक पुनः यो पत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण लिइ आउन हुन अनुरोध छ ।’
यो पत्र प्राप्त गरेको म्यादभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएमा राजिनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन समेतको कारवाही हुने चेतावनी अध्यक्ष ठाकुरले दिएका छन् ।
उपेन्द्र यादवद्वारा महन्थ ठाकुर २४ घण्टे स्पष्टिकरण

तपाईको प्रतिक्रिया