काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य केशव झाले आफ्ना् एक नयाँ मैथली गीत सार्वजनिक गर्नुभएको छ ।
मधेश आन्दोलनसँग सम्बन्धित उठु मधेशी, जागु मधेशी…ल लिय पहिचान यौ भने बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीत, संगित तथा स्वरसमेत दिनुभएका केशव झा यसअघि पनि थुप्रै गीत गाइसक्नु भएको छ । मैथिली, नेपाली गीतमा स्वर दिनुभएका झा नेपाली राजनीतिमा पनि त्यतिकै सक्रिय छन् ।
विभिन्न मधेश आन्दोलनमा प्रत्यक्ष संलग्न भएर आनदोलन गर्नुभएका केशव झाले आफूले भोगेको पीडा र चाहना व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, मधेश आन्दोलन स्थगित भएपनि रोकिएको छैन, मधेश आन्दोलन अझै पनि कुनै नकुनै रुपमा जारी छ, मधेशीले आफ्नो अधिकारका लागि अझै लड्नुपर्ने आवश्यकता रहेको भाव मैले गीत, संगितमार्फत व्यक्त गरेको हुँ ।’
यो राष्ट्रिय भावना र मधेशको अधिकारसँग जोडिएको गीत हो, आशा छ सबैले क्रान्तकारीहरुले मन पराउने विश्वास लिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया