राष्ट्रिय एकता अभियानले सुरु गर्यो एकछाक राहत कार्यक्रम

सप्तरी जेठ १८ गते । राष्ट्रिय एकता अभियानले मधेशका विभिन्न जिल्लामा एकछाक राहत कार्यक्रम सञ्चालन गरेको छ । सप्तरीबाट सुरु भएको सो अभियान अब सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लामा पनि सुरु हुने अभियानका सांयोजक विनय यादवले बताउनुभयो ।

विगत १ वर्षभन्दा लामो समयदेखि कोरोना महामारी तथा बन्दाबन्दी झेलिरहेका नेपाली जनतालाई सरकारले कुनै राहत नदिएपछि आफूहरु एकछाकका लागि भएपनि अभियान सुरु गारौं भनेर यसमा लागेको बताउनुभयो । कोरोनाका कारण गरिएको बन्दाबन्दीका कारण सबै उद्योग धन्दा बन्द छन्, धेरैको रोजगार खोजिएको छ, यस अवस्थामा कतिपय व्यक्तिलाई एकछाक खान पनि समस्या भइरहेको हुनाले आफूहरुले त्यस्ता व्यक्तिलाई सहयोग गर्न लागेको उहाँले बताउनुभयो ।

यो अभियान निकै प्रभावकारी हुँदै गइरहेको छ, यसमा दाताहरु आफै अगाडी आइरहनु भएको छ, उहाँहरुले गर्ने सहयोग आफूहरु जनतालाई वितरण गरिरहेको र जुन दिन कुनै दाता आउँदैनन् त्यो दिन अभियानकै कोषबाट सहयोग गर्ने गरिएको उहाँले बताउनुभयो । सप्तरीमा यस अभियानका संयोजक सुनिता साह निकै सक्रिय भएर लाग्नुभएको छ । जहाँ समस्या छ, त्यहाँ आफै खाद्यान्न बोकेर जानुहुन्छ र वितरण गर्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया