Khadya Bibhag

प्रधानमन्त्री ओलीले मान्नु भएन अध्यादेश ल्याउन

काठमाडौँ जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा बहुमत पुर्याई दिनका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधनका लागि अध्यादेश ल्याएर सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई गरेको आग्रह अस्वीकार भएको छ ।

जसपामा अर्का अध्यक्ष उपेन्द्र यादवको बहुमत रहेको हुनाले पार्टीमा कुनै निर्णय गर्न नसकेको तथा पार्टी पनि विभाजन गर्न नसनेको भन्दै त्यसको सहजताका लागि अध्यादेश ल्याएर कार्यसमितिमा ३० सदस्य पुर्याउनेले पार्टीको आधिकारीता पाउने प्रावधान अध्यादेशमा राखिदन दिनका लागि उहाँले आग्रह गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

ऐनमा ३० प्रतिशत पुर्याई दियो आफूहरुलाई सहज हुने उहाँको आग्रह थियो तर प्रधानमन्त्री ओलीले तपाईहरुको सहजताका लागि जे गर्नुपर्छ गर्छु तर राजनैतिक दल सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याइयो भने आफ्नो पनि पार्टी विभाजन हुन सक्ने भएका हुनाले त्यस्तो कार्य नगर्ने जवाफ दिएको स्रोतले दावी गरेको छ ।

तपाईको प्रतिक्रिया