Khadya Bibhag

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको निधन, पार्टीले गर्यो यस्तो निर्णय

काठमाडौँ जेठ १८ गते । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४.२५ मा निधन भएको हो ।

उहाँको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ १”

यसैगरी सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आज विज्ञप्ति जारी गरी थापाको १३ औँ दिनको स्मृतिमा वृक्षरोपण गर्न आग्रह गरिएको छ भने थापाले दिएको राजनीतिक योगदान र संस्कारबारे छलफल सञ्चालन गरिने उल्लेख गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष पशुपतिशम्शेर जबराले फरक राजनीतिक संस्कृतिले नै उज्ज्वल थापालाई चिरस्थायी बनाइरहने बताउनुभएको छ ।

‘नेपाली राजनीतिमा फरक धारको आगमन सम्भव तुल्याउने सिर्जनशील युवा राजनीतिकर्मी उज्ज्वल थापाको दुःखद् निधनले देश र समाजलाई अपूरणीय क्षति भएको छ’, राप्रपा अध्यक्ष राणाले आज ट्वीट गर्दै भन्नुभएको छ ।
‘यही फरक राजनीतिक संस्कृतिले नै थापालाई चिरस्थायी बनाइरहने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको सो पार्टीले जनाएको छ । थापाको निधनपछि बसेको सो पार्टीको आकस्मिक बैठकले निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकपछि पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले जारी गरेको विज्ञप्तिमा बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरुलाई कम्तीमा एउटा वृक्षारोपण गर्न आह्वान गरेको उल्लेख गरिएको छ । साथै, यही बिचमा पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाइने छ ।

‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ’, मिश्र र पाण्डेको विज्ञप्तिमा भनिएको छ, ‘खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।’

थापाले अंगले सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने समेत प्रतिबद्धता जनाइएको छ ।
पार्टीले पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि आभार व्यक्त गरिएको छ ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज साँझ ४ः २५ बजे निधन भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया