Khadya Bibhag

चीनबाट आइपुग्यो आठ लाख कोभिड विरुद्ध खोपको डोज

काठमाडौँ जेठ १४ गते । चीन सरकारले नेपाललाई दिएको १० लाख डोज कोभिड विरुद्धको खोप नेपाल आइपुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङसँग भएको फोन सम्वादका आधारमा सो खोप आइपुगेको हो । बाँकी दुई लाख डोज खोप तिब्बत हुँदै नेपाल आउने बताइएको छ । यी १० लाख खोप अनुदानमा दिएको हो ।

यसअघि पनि १० लाख डोज खोप दिइएको थियो र अन्य औषधीजन्य समाग्रीहरु पनि दिएको थियो ।

 

तपाईको प्रतिक्रिया