Khadya Bibhag

तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो–देउवा

काठमाडौं जेठ १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेटमार्फत चुरे दोहनलाई प्रोत्साहन गरेर आत्मघाती काम गरेको आरोप लगाउनु भएको छ ।

सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै खानीजन्य निर्माण सामाग्री दोहन गरी निकासी गर्ने कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गर्दै ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको
छ ।
देउवाले अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद् विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई कांग्रेसले गम्भीर रूपमा लिएको जनाएका छन्। देउवाले ‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोत सुक्न थालेको, भू(क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको बताउनुभयो ।

उहाँले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु अक्षम्य गल्ती भएको औंल्याएका छन्। देउवाले भन्नुभयो, ‘यो प्रकृतिविरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो।’

 

तपाईको प्रतिक्रिया