बाबुरामलाई कारवाही गर्ने आँट किन गर्नुभएन महन्थ ठाकुरले ?

काठमाडौँ जेठ १९ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट निष्कासन गर्नुभयो, तर उपेन्द्र यादवले महन्थ ठाकुरसहित सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समितिका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गर्नुभयो ।

तर पार्टीका सबभन्दा बढी चलखेल गर्ने, महन्थ ठाकुरको पक्ष बारे सबभन्दा बढी टिप्पणी गर्ने जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई किन कारवाही अध्यक्ष ठाकुरले किन गर्नुभएन अहिले चर्चाको विषय बनेको छ । फेसबुक र ट्वीटरबाट महन्थ ठाकुरपक्षमाथि पटक पटक प्रहार गर्ने डा.भट्टराईको बारेमा महन्थ ठाकुर चुईँ नबोल्नु शंक उब्जाएको छ । जबकि महन्थ ठाकुर पक्षका युवा तथा विद्यार्थी नेताहरुले फेसबुक तथा ट्वीटरम सबभन्दा बढी आलोचना डा.बाबुराम भट्राईको गर्नुभएको छ । तर उपेन्द्र यादवको हरेक गतिविधिम साथ दिँदै आउनु भएका डा.बाबुराम भट्टराईलाई महन्थ ठाकुरले कारवाही गर्नुभएन ।

अध्यक्ष उपेन्द्र यादवले हालसम्म जति पनि निर्णयहरु गर्नुभएको छ, ती सबै डा.भट्टराईको सल्लाहमा गर्नुभएको छ । महन्थ ठाकुरको नजरमा उपेन्द्र यादव जति दोषी हुनुहुन्छ, त्यति नै दोषी डा.भट्टराई पनि हुनुहुन्छ तर उहाँलाई कुनै कारवाही भएन, ठाकुर पक्षका एक नेताले भन्नुभयो, उपेन्द्र यादवले हाम्रो पक्षका चारजनालाई कारवाही गर्नुभयो जब कि उहाँहरुको कुनै दोष छैन, अध्यक्ष ठाकुरको निर्देशन अनुसार उहाँहरुको कार्यदलमा बस्नुभएको तर उपेन्द्रको कारवाहीमा उहाँहरु पनि पर्नुभयो ।’ जसपा पार्टीमा उपेन्द्र यादवभन्दा बढी गतिविधि बाबुराम भट्टराई गरेको कुरा कसैबाट लुकेको छैन तर अध्यक्ष ठाकुरले उहाँलाई किन कारवाही गर्नुभएन आफूले बुझ्न नसकेको उहाँले बताउनुभयो ।

बाबुराम भट्टराईले महन्थ ठाकुर पक्षका नेतामाथि जसरी टिप्पणी गर्नुभएको छ उहाँलाई पार्टीबाट तुरुन्त अनुशासनको कारवाही हुनुपर्ने थियो । सायद माओवादीमा भएको उहाँमाथि कारवाही भइसकेको हुन्थ्यो तर जसपाका अध्यक्ष ठाकुरले उहाँलाई किन माया गर्नुभएको छ थाह छैन, ती नेताले भन्नुभयो ।

स्रोतका अनुसार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच द्वन्द रहेपनि महन्थ र बाबुरामबीच राम्रै सम्बन्ध रहेको छ । महन्थ र उपेन्द्र यादवबीच बोलचाल बन्द भएपनि ठाकुरले बाबुराम बीच बेलाबेलामा भेरिहनु हुन्छ । उहाँहरुको बीचमा गोप्य साँठगाँठ रहको स्रोतको दावी रहेको छ ।

हालै डा.बाबुराम भट्टराईले एउटा ट्वीटरमा पार्टी विभाजनका लागि भनेको र भेडा भोडातिर र बाख्रा बाख्रातिर लाग्न भननु भएको छ । त्यो ट्वीट लिएर महन्थ ठाकुरका नेताहरुले उहाँको निकै आलोचना गर्नुभयो । उहाँले त्यो पोस्टलाई आफ्नो ट्वीटरमा पीन गरेर राख्नु भएको छ ।
उहाँले ट्वीटरमा भन्नुभएको छ,–अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयॉ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयॉ ध्रुवीकरण खोज्दैछ।अतस्मान्छे तानातान र किनबेचको तमासा नगरौं१भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ१हातमिलाएर आआफ्नो बाटो लागौं१हिडिरहे फेरि भेटहुनेछ१’

अर्का सबभन्दा बढी आलोचना भएको ट्वीट यस्तो रहेछ,–‘इतिहासमा पहिलोपटक मधेसी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसंग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टास् एउटा भिखारीले चिट्ठा किनेछ।अर्कोले सोधेछ(एक करोड पाए के गर्छस्रु(गाडी किन्छु१( गाडीले के गर्छस्रु( गाडी चढेर माग्न जान्छु ११’

एक ठाउँमा त महन्थ ठाकुर र राजेन्द्र महतोको कार्टुनबाला फोटो राखेर ट्वीट गर्दै भन्नुभएको छ, ‘हाम्रा नेताहरूको यो हदको पतनबाट अत्यन्त दुस्खित छु,चिन्तित छु।सद्वुद्धि आओस्,सत्मार्गमा फर्किऊन्११ नत्र भीरबाट लड्ने गाईलाई राम राम११’

 

हेर्नुस् महन्थ ठाकुरलाई केन्द्रीत गर्दै बाबुरामले गर्नुभएको केही ट्वीट्सहरु

 

 

बाबुरामको ट्वीटमा जसपाका केही नेताहरुको प्रतिकृया

तपाईको प्रतिक्रिया