काठमाडौ जेठ २१ गते । नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले केही माग पुरा हुन बाँकी छ त्यही माग पुरा गराउन सरकारमा आएको बताउनु भएको छ ।
उपप्रधान तथा शहरी विकास मन्त्रालयको पदबहाली गर्दै उहाँले भन्नुभयो, हामीले आफ्नो माग र मुद्दा सम्बोधन गराउनका लागि सरकारमा सहभागी भएका हौं ।’
संसद विघटनको मुद्दा सर्वोच्चमा चलिरहेको र त्यो अदालतको विषयवस्तु भएकोले त्यो चलिरहेने विषय हो । अदालतले के भन्छ त्यो आफूहरुको सरकारको विषय होइन, जति दिन सरकारमा रहिन्छ माग र मुद्दामा केन्द्रीत रहेर काम गर्ने उहाँले दावी गर्नुभयो ।
देशमा वैकल्पिक शक्ति निर्माण गर्ने विषयलाई पार्टीको एजेण्डा बनाउने बताउँदै उहाँले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग र मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने तयारी गरेका बाउनुभयो ।


तपाईको प्रतिक्रिया