मन्त्री अरगरियाको पहिलो निर्णय जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न समिति गठन

काठमाडौँ जेठ २१ गते । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेको दिन पहिलो निर्णय जानकी मन्दीरलाई विश्व सम्पदामा राख्ने सम्बन्धी फाइलमा हस्ताक्षर गर्नभएको हो ।

पदभार ग्रहण गरेसँगै उनले जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न आवश्यक काम गर्न समिति गठन गर्नुभएको छ । मन्त्री अरगारियाका अनुसार पुरातात्विका विभागका महानिर्देशक दामोदर गौतमको अध्यक्षतामा पाँच सदस्यीय एक समिति गठन गरिएको छ ।

मन्त्री अरगरियाले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्नका लागि अध्ययन गर्ने र त्यसको प्रक्रिया पुरा गर्नका लागि समिति गठन गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया