काठमाडौँ जेठ २३ गते । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः मन्त्री परिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् ।
जनता समाजवादी पार्टी नेपाललाई आड वटा मन्त्रालय दिएर आफूसँग राख्नु भएका ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न उहाँ लाग्नु भएको हो । उहाँले बालुवाटारमा आफू निकट नेताहरुसँग छलफल गरिरहनु भएको छ । अहिले रक्षा मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संघीय विकास तथा सामान्य प्रशासन, वन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालय खाली रहेका छन् । त्यसमध्ये प्रधानमन्त्री ओलीले आफूलसँग रक्षा मन्त्रालय राख्ने बताइएको छ ।
गृहमन्त्रालयमा महेश बस्नेत र खगराज अधिकारीले दावी गरिहनु भएको छ । काँग्रेस नेतृ आरजु राणालाई चुनाव हराएका एमालेका पूर्वसांसद नारदमुनि राना मन्त्री बन्ने पक्का भएको छ ।
त्यसैगरी पार्वती बिसुंखे र राजबहादुर शाहीको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ । विशाल भट्टराई र राजेन्द्र राईको नाम चर्चामा छ । रवीन्द्र अधिकारीका श्रीमती विद्या भट्टराईको नाम पनि चर्चामा छ ।
त्यस्तै, राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका चन्द्रबहादुर खड्कालाई पनि मन्त्री बनाउने चर्चा चलेको छ । अछामका प्रकाश रावललाई पनि मन्त्री बनाउने तयारी छ । त्यस्तै माओवादीबाट निकालिएकी प्रदेश २ कि प्रदेशसभा सदस्य ज्वालाकुमारी साहको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ ।


तपाईको प्रतिक्रिया