प्राधानमन्त्री अ‍ोलीले भन्नुभयो, ‘भारतसँग पाउनु पर्ने जति सहयोग पाइरहेको छैन’

काठमाडौँ जेठ २४ गते । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आफूले अपेक्षा अनुसारको सहयोग नपाएको गुनासो गर्नुभएको छ ।

बीबीसी हिन्दी सेवासँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले चाहेको जस्तो सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोटको फैसलाको कारणले होस् वा भ्याक्सीनको कमीको कारणले होस््, या भारतमा स्वयं कोरोनाको महामारीको लहर फैलिरहेको अवस्थाले गर्दा होस् तर हामीले यो सोच्दैछौं कि हामीलाई जति सहयोग प्राप्त हुनुपर्ने थियो त्यति सहयोग प्राप्त भइरहेको छैन ।’

उहाँले भारतमा मात्र कोरोना नियन्त्रण भएर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ, यदि भारतमा कोरोना नियन्त्रण भएपनि नेपाल र भारतबीचको खुल्ला सीमाका कारण नियन्त्रण गर्न गाह्रो हुने बताउनुभयो । नाका सील गरेपनि नेपाल भारतको बीचमा यस्तो सम्बन्ध कि आउजाउ भइरहन्छ त्यही भएर कोरोना दुवै देशमा नियन्त्रण हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, नेपाल र भारतबीचको जनता–जनताको बीचमा यस्तो सम्बन्ध छ कि हामी रोकेर पनि रोक्न सक्दैनौं, त्यही भएर भारतको सुरक्षाका लागि पनि नेपाललाई सहयोग हुनैपर्छ ।’ उहाँले अगाडि भन्नुभयो, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अरु देशभन्दा नेपालको बारेमा आलि फरक सोच्नुपर्छ किनभने हामी छिमेकी देश हौं र यस्तो छिमेकी जसको सीमा खुल्ला छ ।’

खुल्ला बोर्डर भएपनि बीचमा माउन्टेन भएको भए समस्या हुन्थ्यो तर नेपाल भारतको बीचमा यस्तो खुल्ला बोर्डर छ जहाँ उतापनि खेत छ, यता पनि खेत छ कही कही त दशगज्जा कहाँ छ त्यो पनि थाह हुँदैन भन्नुहुँदै उहाँले भारतले नेपाललाई पूर्ण सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

भारतले सहयोग गरेको छैन भने होइन, सहयोग गरेको छ त्यसका लागि आफूले धन्यवाद दिन चाहेको तर अझै सहयोग गर्नुपर्ने बताउँदै उहाँले चीनले कति दियो र भारतले कति दियो भने कुरामा पोल्टिक्स गर्न नहुने बताउँदै उहाँले दुवै देशबाट आफूले सहयोग चाहेको बताउनुभयो ।

उहाँले भारतसँग केही मिसस्ट्याण्डरका कारण समस्या भएको बताउँदै छिमेकी भएकै कारण केही समस्या भइरहन्छ, प्रेम र घृणा भइरहन्छ तर अब कुनै प्रकारको असमझदारी नरहेको बताउनुभयो । उ

तपाईको प्रतिक्रिया