पशुपन्छीको उपचारका लागि हटलाइन सेवा

काठमाडौं जेठ २४ गते । नेपाल भेटेरिनरी एसोसिएशनले कोभिड महामारीका बीचमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न हटलाइन सेवा शुरु गरेको छ ।

भोलीबाट शुरु गरिने सो निशुल्क हटाइलन सेवाबाट कोरोनाले प्रभावित किसानले फाइदा लिने विश्वास संघले गरेको छ । कृषकहरुको सहजताको लागि सो सेवा ११५९ डायल गरेर राख्ने जिज्ञसासा पशुपन्छी पालकका आकस्मिक समस्या विज्ञबाट समाधान गर्ने संघले जनाएको छ ।

यो सेवा नेपाल भेटेरिनरी एसोसिएशन र निम्बस कम्पनीले संयुक्त रुपमा प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया