Khadya Bibhag

महन्थ ठाकुरले किन बुझाउन सक्नुभएन निर्वाचन आयोगमा प्रमाण ?

काठमाडौँ जेठ २५ गते । जनता समजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले माग गरेको कागजात अझै बुझाउन सक्नु भएको छैन ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जेठ १८ गते बसेको कार्यकारिणी समितिको बैठकबाट पार्टीबाट निस्कासित गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराउँदै अध्यक्ष ठाकुरले निर्वाचन आयोगको अभिलेखबाट समेत उपेन्द्र यादवको नाम हटाउन आग्रहसहितको निवेदन दिनुभएको थियो । तर आयोगले कुन कार्यसमितिको बैठक र कार्यसमितिमा उपस्थित सदस्यको हस्ताक्षर तथा निर्णयको प्रतिलिपी समेत आयोगमा पेस गर्न अध्यक्ष ठाकुरलाई पत्र पठाएको थियो ।

तर अध्यक्ष ठाकुरले हालसम्म निर्वाचन आयोगलाई आवश्यक कागजात पठाउनु भएको छैन । उल्टै कोरोनाको कारण देखाउँदै कागजात बुझाउनका लागि एक हप्ताको समय माग गर्नुभएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले माग गरेको कागत अध्यक्ष ठाकुरको तर्फबाट आएको छैन भने उपेन्द्र यादवले बुझाई सक्नु भएको छ ।

महन्थ ठाकुरले जेठ १८ गते कुनै बैठक नै बसाउनु भएको थिएन, बसाएको भए त्यसको माइन्युट र उपस्थितिको हस्ताक्षर हुन्थ्यो तर त्यो छैन किनभने बैठक नै बसाइकन जालजासी गरी अध्यक्ष उपेन्द्र यादवलाई निकाल्ने काम गरेको जसपा उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्य इस्तियाक राइको आरोप छ । उहाँले भन्नुभयो, हामीले १८ गते कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकबाट अध्यक्ष ठाकुरसहित चारजनालाई पार्टीबाट निकालिएको हो त्यो प्रमाण निर्वाचन आयोगमा पनि पठाएका छौं तर उहाँहरुसँग कुनै प्रमाण छैन भने कसरी पुर्याउनु । गुटको भेला, मन्त्री बनाउन बैठकहरु बस्न मिल्छ, त्यसलाई कोरोनाले छेक्दैन अनि आयोगमा प्रमाण पुर्याउनु पर्यो भने कोरोनाको बहाना गर्नुहुन्छ ।’

जसपामा अध्यक्ष उपेन्द्र यादवसँग पार्टीको केन्द्रीय समिति, कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमत रहेको दावी गरिएको छ । उता अध्यक्ष ठाकुरले पनि आफ्नो बहुमत पनि रहेको दावी गर्नुभएको छ तर निर्वाचन आयोगमा प्रमाण जुटाउन सक्नु भएको छैन ।
आयोगले कार्यकारिणी समितिलाई मात्र चिन्दछ ।

कार्यकारिणी समितिको ५१ सदस्यीयमध्ये ३१ जना उपेन्द्र यादवको पक्षमा छन् । उहाँले ३१ जनाको नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाउनु भएको छ । केन्द्रीय समिति गठन भएपनि त्यसको जानकारी निर्वाचन आयोगलाई पठाएको छैन त्यही भएर निर्वाचन आयोगले केन्दीय समितिलाई चिन्दैन । यता, राष्ट्रिय सभामा जसपाका ३ जना सदस्य रहेका छन् । त्यसमध्ये दुईजना उपेन्द्र यादवको पक्षमा रहेका छन् । एकजना राष्ट्रियसभा सदस्य महन्थ ठाकुरको पक्षमा हुनुहुन्छ तर उहाँलाई मन्त्री नबनाएको कारण असन्तुष्ट भएर बस्नुभएको छ ।

अध्यक्ष ठाकुरको न केन्द्रीय समितिमा बहुमत छ, न कार्यकारिणी समिति र न राष्ट्रियसभामा बहुमत छ । उहाँको बुहमतक संसदीय दलमा थियो तर अहिले प्रतिनिधिसभा भंग भएको हुनाले पार्टीमा अल्पमतमा परेको उपेन्द्र यादव पक्षका नेताहरुको दावी छ ।

तपाईको प्रतिक्रिया