योगेश भट्टराईले भन्नुभयो, ‘माधव र झलनाथसँग सहकार्य गर्न नखोज्ने तर ओली महन्थ र राजेन्दसँग साझेदारी गर्ने’

काठमाडौँ जेठ २६ गते । नेकपा एमालेका नेता योगेश भटट्राईले प्रधानमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकुरलाई र माधव नेपालले काँग्रेसका सभापति शेरबहादुर गठनबन्धनलाई समर्थन गर्नु नै एमाले एकताको मुख्य समस्या रहेको बताउनुभएको थियो ।

आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुने प्रधानमन्त्री अ‍ोली जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार भएको त्यस्तै, झलनाथ खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न तयार नहुने तर काँग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अधयक्ष उपेन्द्र यादवसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार भएको पनि टिप्पणी उहाँले गर्नुभएको छ ।

उहाँले यस विषयमा पार्टीका नेताहरुको बीचमा गम्भीर छलफल हुनु जरुरी छ र साझा निष्कर्ष निकाल्दै साझा अभियानमार्फत एमालेको एकता बचाउन आवश्यक रहको कुरा आफ्नो फेसबुकमा राख्नुभएको छ ।

तपाईको प्रतिक्रिया