भारतीय सेनाद्वारा नेपाली सेनालाई २८ कराड भनदा बढी स्वास्थ्य समाग्री प्रदान

काठमाडौँ जेठ २८ गते । भारतीय सेनाले नेपाली सेनालाई करिब २८ करोड बराबरको स्वास्थ्य समाग्री तथा उपकरण प्रदान गरेको छ ।

टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई सो समाग्री हस्तान्तरण गनुृभएको छ ।

भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसिआर परीक्षण किट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको दूतावासले जनाएको छ । ।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु¥याएको योगदानको प्रसंशा गरे ।

तपाईको प्रतिक्रिया