Khadya Bibhag

विवादस्पद अभिव्यक्ति फिर्ता लिइ आत्मलोचना गर्न नरोत्तम वैद्यलाइ निर्देशन

काठमाडौँ जेठ २९ गते । नेपाली काँग्रेसले वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिनु भएको विवादस्पद अभिव्यक्ति फिर्ता र आत्मलोचना गर्न फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रवार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न समेत नरोतमलाई सचेत समत गराइएको बताउनु भएको छ । नेपाली काँग्रेस प्रष्ट छ, अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन, आलेचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र सँस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ विर्सन हुने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र सँस्कृति नरहेको उल्लेख गर्दै उहाँले पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको कर्तव्य रहेको पनि प्रष्ट पार्नुभएको छ ।

तपाईको प्रतिक्रिया