Khadya Bibhag

एमाले भन्यो, नरोत्तम वैद्यले दिएको अभिव्यक्तिमा फौजदारी कानुन आकर्षित हुन्छ

काठमाडौ जेठ २९ गते । नेकपा (एमाले) ले काँग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय रहेको चेतावनी दिएको छ ।

बागमती प्रदेशसभाको बैठकमा एकजना सदस्यले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको पार्टीका प्रवक्त प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी जनाउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको हीताका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्रि आपराधिश, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’

त्यस्तै, एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

उहाँले एक विज्ञप्तिमार्फत वैद्यले वाग्मती प्रदेशसभाको बैठकको रोष्टरमा उभिएर दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै दोषीलाई कारवाही गर्नुपर्ने माग गर्नुभएको छ । “महात्मा गान्धिलाई नाथुराम गोड्सेले मारेझै ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन, प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु”, भन्ने अभिव्यक्ति विपक्षी गठबन्धनको योजनाअनुसार नै आएको भन्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले कडा कारवाहीको माग गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताले राजनीतिक र वैचारिकरूपमा मात्र नभई भौतिकरूपमा उहाँलाई सफाया गर्न सक्ने सूचना प्राप्त भइरहेको भन्दै वैद्यको अभिव्यक्ति सोहीअनुसार आएको भनाइ छ ।

“प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु भनेर बोल्ने व्यक्तिलाई प्रदेशसभाबाट निलम्बन गरी तत्कालै पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोग मुद्दा चलाउन माग गर्दछु”, नेता पोखरेलले भन्नुभयो, “यो विषय सामान्य होइन, व्यक्तिले मात्र लहडमा बोलेको होइन, यसमा गम्भीर षड्यन्त्र लुकेको छ, यसमा संलग्न सबै दोषी पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्यसत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।”

तपाईको प्रतिक्रिया