Khadya Bibhag

निर्वाचन आयोगले गर्यो जसपाको निवेदन खारेज, हालकै पदाधिकारी कायम रहने

काठमाडौँ जेठ ३० गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालका हाल रहेका पदाधिकारी नै कायम रहने निर्णय गरेको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई गरेको कारवाही बारे निर्वाचन आयोगलाई जानकारी गराउँदा त्यसमाथि आयोगले सो निर्णय गरेको हो ।

दुवै पक्षले गरेको कारवाही कानुनसम्मत नरहेको भन्दै आयोगले निवेदन पनि खारेज गरेको छ ।

पार्टीको अनुशासन उल्लघंन गरेको भन्दै अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारवाही गर्नुभएको थियो ।

त्यसपछि अध्यक्ष महन्थ ठाकुरले पनि अध्यक्ष यादवालाई कारवाही गर्नुभएको थियो । सो कार्यवाहीको बारेमा जानकारी गराउन आयोगमा दुवै पक्षले निवेदन दिएको थियो । कार्यवाही गरेका व्यक्तिहरुको नामावली दर्ता किताबबाट हटाउन आग्रह गरिएको थियो।

तपाईको प्रतिक्रिया