Khadya Bibhag

जसपा उपेन्द्र यादव पक्षले भन्यो, ‘निर्वाचन आयोगको निर्णय कसैको दवावमा आएको हो’

काठमाडौँ जेठ ३० गते । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) कार्यकारिणी सदस्य रामसहाय यादवले निर्वाचन आयोग कसैको दवावमा आएर आजको निर्णय गरेको दावी गर्नुभएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरले एक अर्कालाई कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराउँदै दर्ता किताबबाट समेत नाम हटाउन आग्रह गर्नुभएको थियो । तर निर्वाचन आयोगले कारवाही कानुनसम्मत नरहेको भन्दै एक अर्कालाई कारवाही गर्न नसिकने र अहिलेकै पदाधिकारी कायम रहने निर्णय सुनाएपछि कार्यकारिणी सदस्य रामसहाय यादवको यस्तो प्रतिकृया आएको हो ।

उहाँले भन्नुभयो, निर्वाचन आयोगले लोकतान्त्रिक विधि प्रकृया, ऐन कानुनको धज्जी उडाएको हो, यसबाट हाम्रो पार्टी अत्यन्त दुखित भएको छ ।’ अध्यक्ष महन्थ ठाकुरलगायत राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीले विधिसम्म तरिकाले कारवाही गरेको हो, पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनलाई टेकेर उहाँहरुलाई कारवाही गरेको हो कही कतै विधि र कानुनलाई मिचिएको छैन तैपनि आयोगले कानुनसम्म नरहेको भन्नु कतै नकतै राज्यको दवावमा परेर यो निर्णय गरेको आफ्नो बुझाई रहेको उहाँले दावी गर्नुभयो ।

यद्यपी आयोगको निर्णय आधिकारीक रुपमा प्राप्त भएको छैन । सो प्राप्त भएपछि यसको बारेमा छलफल गरेर अगामी कदम चाल्ने उहाँले बताउनुभयो ।

यता, जसपा (महन्थ ठाकुर पक्ष) का कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्णले निर्वाचन आयोगले गरेको निर्णय अध्ययन गरेपछि मात्र कुनै प्रतिकृया दिने बताउनु भयो । निर्णय आएपछि त्यसको बारेमा पार्टीमा छलफल हुन्छ अनि आधिकारीक कुरा सार्वजनिक हुन्छ, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया