अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव पक्षका २० जना कार्यकारिणी सदस्यलाई हटाएर आफ्नो पक्षका २० जना थपेका जानकारी निर्वाचन आयोगलाई गराएउनु भएको छ । असार १ गते गराएको जानकारी अनुसार गत पुस ७ गते बसेको केन्द्री कार्यकारिणी समितिको बैठकले दिएको अधिकार अनुसार कार्यकारिणी समितिमा हेरफेर गरिएको भन्नुभएको छ ।

तर २०७७ पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले त्यस्तो कुनै निर्णय गरेको देखिएको छैन । त्यो दिन दुवैजनाको हस्ताक्षरबाट विज्ञप्ति जारी भएको छ तर त्यसमा कतैपनि अध्यक्ष ठाकुरलाइृ कुनै जिम्मेवारी दिएको उल्लेख छैन ।
हेर्नुस्पत्र





तपाईको प्रतिक्रिया