जसपानिकट कानून व्यवसायीले ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता गर्दै

काठमाडौँ असार ६ गते । जनता समाजवादी पार्टी निकट कानून व्यवसायीले महन्थ–महतो समूह विरुद्ध अदालतमा कीर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका निकट कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन्।

अध्यक्ष यादव पक्षको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दीपक राईलगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गर्नुभएको हो ।

‘अर्को प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुपयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भन्नुभयो, ‘कीर्ते जालसाजी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ । यस्तो कसुर चाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउछौ ।’

जसपाको यादव पक्षले आफ्नो समूह जसपाको आधिकारिक भएको दावी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ ।

तपाईको प्रतिक्रिया