काठमाडौँ असार ६–जनता समाजवादी पार्टी नेपालमा एक अर्कालाई हटाउने राख्ने खेल अझै जारी छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्काशित गरेको निर्णयलाई निर्वाचन आयोगले स्वीकार नगरेपछि अध्यक्ष ठाकुरले कार्यकारिणी समिति हेरफेर गरेको लिस्ट निर्वाचन आयोगमा बुझाउनु भएको छ ।
अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको छ ।
१.महेन्द्रराय यादव,
२.मृगेन्द्रकुमार सिंह यादव,
३.नवलकिशोर साह,
४.रामनरेश राय यादव,
५.रमेशप्रसाद यादव,
६.गज्जाधर रोहित यादव,
७.राजेन्द्रप्रसाद श्रेष्ठ,
८.नवराज सुवेदी,
९.युवाराज कार्की,
१०.रकम चेम्जोङ्ग,
११.रेणुकुमारी यादव,
१२.लालबाबु राउत,
१३.गंगानारायण श्रेष्ठ,
१४.रनध्वज लिम्बु,
१५.डम्बर खतिवडा,
१६.प्रकाश अधिकारी,
१७.इस्तियाक राइ,
१८.प्रशान्त सिंह,
१९.भक्तबहादुर शाह
२०.विजय यादव
५१ सदस्यीय कार्यकारिणी समितिमध्ये २० जना सदस्यलाई हटाएर आफ्नो तर्फबाट २० जनालाई सदस्यको रुपमा राखेका छन् । हटाइएकामध्ये पूर्व राजपाका ६ जना रहेका छन् भने १४ जना पूर्व समाजवादीका रहेका छन् ।
अध्यक्ष ठाकुरले आफ्नो पक्षबाट कार्यकारिणी समितिमा राखिएका सदस्यहरु
१.बाबुलाल साह
२.विजय गुप्ता
३.अर्जुन उप्रेती
४.अरविन्द साह
५.जयप्रकाश ठाकुर
६.उपेन्द्र महतो
७.मुकेश झा
८.शतरजित यादव
९.एकवाल मियाँ
१०.रमेश पटेल
११.विमल श्रीवास्तव
१२.उमाशंकर अरगरिया
१३.सन्तोष मेहता
१४.डा.विजय सिंह
१५.कृष्ण सिंह
१६.प्रमेश्वर साह
१७.अभिराम शर्मा
१८.राजिव झा
१९.सुरेश मण्डल
२०.डा.सुरेन्द्र झा

तपाईको प्रतिक्रिया