Khadya Bibhag

जसपाले पुनः सोध्यो लुम्बनी प्रदेशका चार सांसदलाई स्पष्टिकरण

काठमाडौँ असार ६ गते । जसपा उपेन्द्र यादव पक्षले लुम्बनीका चारजना सांसदलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री शंकर पोखरेललाई समथृन गरेका थिए । लुम्बनी प्रदेशका प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मालाई स्पष्टिकरण सोधिएको छ ।

उनीहरुलाई यसअघि पनि पार्टीबाट कारवाही गरी संसद पदबाट निलम्बन गरेको थियो । तर उनीहरु सर्वोच्च अदालतबाट स्टेअर्डर लिएका थिए । तयसपछि मन्त्री पदमा सपथग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया