काठमाडौँ असार ८ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षबाट मन्त्री तथा राज्यमन्त्री बनेकाहरुको पद सार्वेच्च अदालतको आदेशले समाप्त भएको छ । जसपाबाट नौजना मन्त्री र दुईजना राज्यमन्त्री नियुक्त हुनुभएको थियो तर प्रधानमन्त्री केपी शर्मा अोलीले सो नियुक्ती संविधान विपरित गरेको भन्दै सर्वोच्च अदालतले नियुक्ति खारेजको आदेश दिएको छ ।
त्यही प्रधानमन्त्री अोलीले संसद विघटन पनि गर्नुभएको छ, संसद विघटनको काम पनि संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ, त्यसमा चाँडै सुनुवाई हुँदैछ । सर्वोच्च अदालतले चाँडै नै संसद पुनस्र्थापना गर्न लागेको काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालका नेताहरुको दावी छ । यदि संसद पुनस्र्थापना भयो भने जसपा महन्थ ठाकुर पक्षका २० जना सांसदको अवस्था के हुन्छ भनि प्रश्न उब्जिएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले उनिहरुलाई पार्टीबाट निस्काशन गरिसक्नु भएको छ । आधिकारिताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । पार्टीबाट निकालिएको संसद पद स्वतः जाने प्रावधानका लागि महन्थ ठाकुर पक्षका सांसदको पद पनि संकटमा रहेको बताइएको छ ।


तपाईको प्रतिक्रिया