Khadya Bibhag

२० जना मन्त्रीको पदमुक्त (अदालतको आदेशसहित)

काठमाडौँ असार ८ गते । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा आली नेतृत्वमा रहेका नव नियुक्त २० जना मन्त्रीको पदमुक्त गरेको छ । मन्त्रिपरिषद विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिएपछि सो पद मुक्त भएको हो ।

प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार भएको भन्दै दायर गरेको रिटमाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

अन्तरिम आदेशसँगै अब सरकारमा पाँच मन्त्री मात्र रहने भएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि जेठ १७ गते मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । जहाँ जसपाको तर्फबाट उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिनुभएको थियो । त्यसैगरी ओलीले जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित सात मन्त्री नियुक्त गर्नुभएको थियो ।

सर्वोच्चको अन्तरिम आदेशसँगै ओली सरकारमा सहभागी उपप्रधानमन्त्री राजेन्द्र महतो, रघुवीर महासेठसहित २० मन्त्रीको पद गुमेको छ । उपप्रधानमन्त्री बढुवा भएका विष्णु पौडेल अर्थमन्त्रीमा मात्र सीमित भएका छन् ।

यो आदेशसँगै अब सरकारमा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लिलानाथ श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङमात्रै बहाल रहने भएका छन् ।
पदमुक्त हुनु भएका मन्त्रीहरुः

उपपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ

उपप्रधानमन्त्री तथा शहरी विकास राजेन्द्र महतो

ऊर्जा, जलस्रोत तथा सिंचाइ शरतसिंह भण्डारी

खानेपानी तथा सरसफाइमन्त्री अनिलकुमार झा

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण लक्ष्मणलाल कर्ण

कानून, श्रम, रोजगार तथा सामाजिक सुरक्षा विमलप्रसाद श्रीवास्तव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उमाशंकर अरगरिया

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी

युवा तथा खेलकुदमन्त्री एकवाल मियाँ

ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरूङ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री मोहन बानियाँ,

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा,

कृषि विकास तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह,

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश पहाडी

वन तथा वातावरणमन्त्री नारदमुनि राना,

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री राजकिशोर यादव

वन राज्यमन्त्री आशा विक

तपाईको प्रतिक्रिया