काठमाडौँ असार ११ गते । नेपाल काँग्रेसको महाधिवेशन भदौंमा हुने भएको छ । पार्टीको सभापतिको लागि दौडधुप पातलिएको छ । अहिलसम्म आठजना भन्दा बढीले सभापतिाको उम्मेदारी दावी गरेका छन् । त्यसमा सबभन्दा बढी अहिले विमलेन्द्र निधिको चर्चा छ । हाल पार्टीको उपसभापति रहनु भएका निधिले सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँ सभापति शेरबहादुर देउवा पक्षका नेता हुनुहुन्छ र उहाँले देउवाकै पक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
देउवाकै पक्षबाट देउवाको विरुाद्धमा उम्मेदवारी दिने भएपछि कोइराला परिवारका नेताहरु खुशी भएका छन् । त्यसका लागि निधिसँग कोइराला परिवारका डा.शेखर कोइराला, शशांक कोइराला, सुजाता कोइारालाले छलफल गर्दै आइरहेका छन् । त्यसमा प्रकाशमान सिंह पनि सहभागिता हुन्छ । उहाँहरु पनि सभापतिकै उम्मेदारवार हुनुहुन्छ । तर उहाँहरुले एकअर्कालाई सहयोग गर्न बेलाबेलामा भेला हुने गर्नुभएको छ । स्रोतका अनुसार उहाँहरु एउटा निष्कर्षमा पुग्नु भएको छ, त्यो हो देउवालाई पुनः सभापतिमा दोहोरिन नदिने ।
सभापति शेरबदहाुर देउवाले यसपाली आफू उम्मेदारी दिने र त्यसमा सघाउनका लागि निधिलाई भन्नुभएको छ तर निधिले यसपाली कुनै पनि हालतमा नमान्ने भन्दै देउवाको विरुद्ध मोर्चाबन्दी सुरु गर्नुभएको छ ।
आज पनि कांग्रेसका तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल भएको छ । यो उहाँहरुको दोस्रो छलफल हो । यसअािघ असार ८ गते छलफल भएको थियो ।
उहाँहरुको बीचमा भएको छलफल अनुसार महाधिवेशनमा नयाँ समीकरण अर्थात देउवाको विरुद्धमा मोर्चाबन्दी बनाएर जाने सहमति गरेको छ ।
बैठकपछि उहाँहरुले अगामी १४ औं महाधिवेशनमा नयाँ गठबन्धन बनाए जाने विषयमा छलफल भइरहेको बताउनु भएको छ ।


तपाईको प्रतिक्रिया