Khadya Bibhag

माओवादी केन्द्र त्यागेका जनप्रतिनिधिको गुम्यो पद (नामावलीसहित)

काठमाडौँ असार ११ गते । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका स्थानीय जनप्रतिनिधिलाई सो पार्टीले कारवाही गरेको सूचना निर्वाचन आयोगले निकालेको छ ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि एमालेमा प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकोले निजहरु निर्वाचित भएको त्यस्तो पद स्वतः रिक्त हुने भनि माओवादी केन्द्रबाट सो पदहरु रिक्त भएको सूचना गरिदिन यस आयोगमा लेखी आएको हुँदा आयोगले दल त्याग गरेको र निर्वाचित भएको त्यस्तो पद स्वतः रिक्त भएको सुचना आयोगले जारी गरेको छ ।

प्रभु साहका श्रीमती समेत रहेका रिना कुमारी साह रौतहट मौलापुर नगरपालिकाको प्रमुखबाट पदमुक्त हुनुभएको छ । त्यस्तै रौतहटकै कटहरिया नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहा पनि पद मुक्त हुनु भएको छ । सियाराम पनि प्रभु साहका खास मान्छे हुनुहुन्छ ।
त्यस्तै, रौतहटकै मैलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका सिमल कुमारी साह, यमुनामानई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह, सिरहाको लहान नगरपालिकाका नगरपालिका सदस्य सतमीलाल दास ताती, ओखलढुगांको चम्पादेवी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सुरेशकुमार थापा, महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक, कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छाँया देवी देवकोटा, गौरीगंगा नगरपालिकाको वडा नम्बर १ का वडाअध्यक्ष शमानन्द भट्ट, बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुरन सिंह वि.सीलाई पदबाट मुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया