Khadya Bibhag

सवैधानिक इजलासमा बहस सुरु

काठमाडौँ असार १५ गते । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आज पनि सुनुवाई जारी रहेको छ । आज सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ ।

सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टाभन्दा बढी समय बहस गर्नुभएको थियो । काँग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिएको थियो ।

तपाईको प्रतिक्रिया