काठमाडौँ असार १५ गते । भदौंमा हुने नेपाली काँग्रेसको महाधिवेशनको तयारीले तीब्रता पाएको छ । नेताहमरुले आआफ्नो पदमा माहौल बनाउन लागि पर्नुभएको छ । जिल्लादेखि केन्द्रसम्मका नेताहरु सक्रिय हुनभएको थियो ।
त्यसमा अहिले सबभन्दा बढी चर्चा काँग्रेसका उपसभापति विमलेन्द्र निधिको रहेको छ । उहाँले सभापतिमा उम्मेदवारी घोषणा गर्र्दै नेताहरुसँग भेटघाटलाई तीब्रता दिनुभएको आज पनि उहाँले काँग्रेसका नेताहरु शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई भेटघाट गर्नुभएको छ । उहाँहरुको यो भेटघाट तेस्रोपटक रहेको छ ।
नेता सिंहको निवास चाक्सीबारीमा छलफल भइरहेको छ । वैवाहिक वर्षको अवसर पारेर नेता निधिले असार ७ गते कोइराला र सिंहलाई आफ्नो निवासमा बोलाएर खानासहित छलफल गर्नुभएको थियो । त्यसपछि असार ११ गते कोइरालाको निवास महाराजगञ्जमा छलफल भएको थियो र आज सिंहको निवासमा छलफल भइरहेको छ । उहाँहरुले शेरबहादुर देउवाको विकल्प खोजिरहनु भएको छ ।


तपाईको प्रतिक्रिया