Khadya Bibhag

रौतहटका मेयरलाई माआवादी केन्द्रले गरेको कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ असार १५ गते । निर्वाचन आयोगले सूचना प्रकाशित गरी पदभक्त गरेका रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त गरेर निर्वाचन आयोगलाई जानकारी गराएपछि पदमुक्त गरिएको थियो ।
निर्वाचन आयोगले सूचना प्रकाशित गरेपछि उहाँहरुलाई मुक्त गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो ।

 

न्यायाधीश कुमार चुँडालको एकल इजलासले निवेदकले माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको प्रमाण र तथ्य प्रष्ट नरहेको भन्दै पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश गरेको हो ।

नेकपाबाट एमाले र माओवादी केन्द्र अलग अलग भएपछि माओवादी केन्द्रमा रहनु भएका प्रभु साह मन्त्रीको लोभमा केपी शर्मा ओलीको साथमा जानु एको थियो । प्रभु साह एमालेमा गएपछि शहरी विकास मन्त्री बन्नुभएको थियो । उहाँका साथमा उहाँका श्रीमती रिना साह र सियाराम कुशवाहा पनि एमालेमा जानु भएको थियो । एमालेमा गएपछि माओवादी केन्द्रले उहाँहरुलाई कारवाही गरेको थियो ।

तपाईको प्रतिक्रिया