प्रधानमन्त्री ओलीको एउटै दाउ, जसरी पनि हस्ताक्षर फिर्ता गराउने

काठमाडौँ असार २० गते । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेका नेता माधव कुमार नेपालप्रति हस्ताक्षर फिर्ता गराउन लगातार दवाव बढाउँदै जानु भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेकै माधव कुरमा नेपाल गुटका सांसदहरुले हस्ताक्षर गर्नुभएको छ ।

त्यसले गर्दा प्रधानमन्त्री अ‍ोलीको पद धरापमा परेको देखिन्छ । त्यही भएर पनि उहाँले माधवकुमार नेपालसँग सहमतिका लागि एउटै बटमलाईन बनाउनु भएको छ, हस्ताक्षर फिर्ता । देउवालाई प्रधानमन्त्री बनाउने माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सो रिटमाथि सुनुवाई भइरहेको छ । संसद पुनःस्थापना गर्ने तथा देउवालाई प्रधानमन्त्री बनाउने बाटो खुल्ने सम्भावना देखेर प्रधानमन्त्री अ‍ोलीले जसरी पनि हस्ताक्षर फिर्ता लिन माधवकुमार नेपालमाथि दवाव बनाइरहनु भएको छ ।

तर माधव कुमार नेपालले पनि आफ्नो अडानमा कायम रहनु भएको छ । उहाँले प्रधानमन्त्री अ‍ोलीलाई संसद विघटन गरेको निर्णय फिर्ता लिन दवाव दिइरहनु भएको छ । माधवकुमार नेपालले पटक पटक स्थगित गर्न भनिए पनि अ‍ोलीले केन्द्रीय कमिटीको बैठक स्थगित गर्नुभएन । देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता गर्नुअघि बैठक स्थगित गर्नुपर्ने सर्तमा माधवकुमार नेपालले राख्नु भएको थियो तर अ‍ोलीले असार १८ गते र १९ गते दुई दिन केन्द्रीय कमिटीको बैठक बसाउनुभयो ।

त्यो बैठकबाट सर्वोच्च अदालतको निर्णय आउनुभन्दा पहिले हस्ताक्षर फिर्ता नलिए त्यो पार्टीको सदस्य नरहने निर्णय गर्नुभएको छ । सर्वोच्च अदालतको निर्णयअघिसम्म हस्ताक्षर फिर्ता नलिए पार्टीमा आउने बाटो सधैका लागि बन्द हुने निर्णय भएको छ ।

यता, एमालेका नेता माधवकुमार नेपालले जसलाई सांसद र संसद चाहिदैन भन्दै त्यसलाई विघटन गर्नुभयो आज किन सांसदको हस्ताक्षर फिर्ता गराउन मरिहत्ते गर्नुभएको बुझन नसकेको प्रतिकृया दिनुभयो । विघटन सांसदको हस्ताक्षर किन चाहियो जब कि उहाँले नै यो संसद विघटन गर्नुभएको छ, उहाँले भन्नुभयो, संसद विघटन गरेर गल्ती गरेको छु, त्यसलाई फिर्ता लिएपछि हामी हस्ताक्षर फिर्ता गर्ने बारेमा कुनै निर्णय गर्नेछौं तर जसले संसद विघटन गरे उसका लागि आफ्ना सांसदको हस्ताक्षर फिर्ता गराउदैनौं ।’

तर प्रधानमन्त्री अ‍ोलीले माधवकुमार नेपालमाथि अझै दवाव बनाउन छाड्नु भएको छैन । उतको केन्द्रीय समितिका बैठक चलिरहँदा पनि माधवकुमार नेपालमाथि दवाव बढाउनका लागि आफ्ना नेतालाई उहाँले खटाउनु भएको थियो । हिजो दिनभर उहाँहरुको बीचमा वार्ता चल्यो कुरा मिलने । दुवै पक्ष आआफ्नो अडानमा रहे । आज फेरि उहाँले आफ्ना पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेललाई माधवकुमार नेपालको निवास कोटेश्वर पठाएर छलफल गर्न लगाउनु भएको छ तर माधवकुमार नेपाल आफ्नो अडानबाट पछाडी हट्नु भएको छैन । उहाँले आफ्ना पक्षका नेताहरुसँग छलफल गरेर जानकारी गराउने भनेर ती नेताहरुलाई फर्काउनु भएको छ ।

तपाईको प्रतिक्रिया